ट्रम्पको वरिष्ठ सल्लाहकारमा ज्वाई

trump
एजेन्सी
वासिंगटन, २६ पुस

अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले ह्वाइट हाउस जाने महत्वपूर्ण व्यक्तिहरुको नियुक्तिका क्रममा आफ्ना निकट पात्रलाई नियुक्त गर्ने क्रमलाई निरन्तरता दिएका छन् ।

नियुक्तिकै क्रममा उनले आफ्ना ज्वाई जारेद कुश्नरलाई आफ्ना वरिष्ठ सल्लाहकारमा नियुक्त गरेका छन् । ट्रम्प परिवारवाद र व्यक्तिवादबाट माथि उठ्नेमा अमेरिकामै चिन्ता व्यक्त गरिरहेका बेला उनले ज्वाईलाई नियुक्त गरेका हुन् । ट्रम्पले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मेरो प्रशासनमा उनलाई मुख्य नेतृत्वकर्ता व्यक्तिको रुपमा नियुक्त गर्दा खुसी लागेको छ । उनले महत्वपूर्ण सदस्यका रुपमा अमेरिकी जनतालाई सेवा पु¥याउने मेरो योजनामा काम गर्नेमा म व्यस्त छु ।’

ट्रम्पको निर्वाचन अभियानमा भूमिका खेल्नुबाहेक उनमा कुनै राजनीतिक अनुभव छैन । न्युयोर्कका जग्गा कारोबारी तथा लगानी कर्ता कुश्नरले ट्रम्पकी छोरी इभान्कासँग विवाह गरेका हुन् । उनले ह्वाईट हाउसमा चिफ अफ स्टाफ रेइन्स प्रिबस र मुख्य रणनीतिकार स्टेभ बाननसँग मिलेर काम गर्नेछन् ।

Leave A Reply

Your email address will not be published.