ट्र्याक्टर दुर्घटनामा तीनको मृत्यु

रौतहट / रास– छुटाछुटै स्थानमा भएको ट्र्याक्टर दुर्घटनामा तीनको मृत्यु भएको छ । भलोहिया गाविसमा मंगलबार भएको दुर्घटनामा दुईको मृत्यु भएको छ । सो गाविसको ३ वडा स्थित भित्री सडकमा ना २ त ८४१२ को ट्र्याक्टर पल्टिँदा सो ट्र्याक्टरका चालक र मालिकको मृत्यु भएको हो । सो दुर्घटनामा भलोहिया–२ का १९ वर्षीय दिलिप महतो र गंगापिपरा–१ का ३० वर्षीय देवेन्द्र तिवारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी, गत आइतबार भएको अर्को ट्र्याक्टर दुर्घटनामा परी मर्यादपुर–३ का लालबाबु यादवको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटना भए पनि सो ट्र्याक्टरका चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.