इमानदार नागरिकले गौरव गर्न सक्नुपर्छ : प्रम

राजधानी संवाददाता

चितवन, २६ पुस

प्रधानमन्त्री पुष्पकमल दाहालले पृथ्वीनारायण शाहको भूमिकाको प्रशंसा गर्दै इमानदार नागरिकले गौरव गर्न सक्नुपर्ने बताएका छन् ।भरतपुर उपमहानगरपालिकाको तेस्रो नगरपरिषद्को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पृथ्वीनारायण शाहको भूमिकालाई नदेख्नु भनेको इतिहासको भौतिकवादकोव्याख्याभन्दा बाहिर गएर र इतिहासको विकास क्रमलाई नमानेको ठहरिने बताए ।

pm

द्वन्द्वकालीन समयमा आफ्ना कार्यकर्ताले पृथ्वीनारायण शाहको सालिक भत्काएका घटनाको स्मरण गर्दै दाहालले राजाको सालिक भत्काउनुपर्छ भन्ने उन्माद बोकेर हिँडेका आप्mना पार्टीका कार्यकर्तालाई नभत्काउन आफूले कडा निर्देशन दिएको बताए ।

नेपाललाई एकीकृत र केन्द्रीकृत बनाउन शाहले खेलेको भूमिकालाई सकारात्मक रूपमा लिन सक्नुपर्ने बताउँदै प्रधानमन्त्री दाहालले देशको इतिहासप्रति इमानदार नागरिकले गौरव गर्नुपर्ने बताए ।

सामन्ती र केन्द्रीकृत भए पनि भुरेटाकुरे राज्यबाट बलियो राज्य बनाउने कदम प्रगतिशील कदम भएको बताउँदै उनले त्यसबेला छिमेकी भारतमा अंग्रेजहरूले सानासाना राज्यहरूलाई निल्दै विशाल साम्राज्य खडा गर्दै आएको अवस्थामा नेपाल बलियो र शक्तिशाली नभएको भए देशको अस्तित्व लोप हुने खतरा हुन सक्ने बताए ।

२७ पुसमा पर्ने पृथ्वीनारायण शाहको जन्मजयन्तीका दिन बिदा घोषणा गर्ने विषय बहसमै रहेको बताउँदै उनले मधेस र आदिवासी जनजातिबीचमा शाहको भूमिकालाई कसरी हेर्ने भन्ने बहस रहेको बताए । बिदा दिने या नदिने विषयमा मन्त्रिपरिषद्मा दुईपटक छलफल भएको बताउँदै उनले सबै राजनीतिक दलका बीचमा छलफल गरेर निकास निकाल्ल आफूले पहल

गर्ने बताए । यसैबीच प्रधानमन्त्री दाहालले चितवनको भरतपुरमा रहेको वीपी मेमोरियल क्यान्सर अस्पतालको सुधार आवश्यक रहेको बताउँदै नीति परिर्वतन गरेरै भए पनि अस्पताल सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘बाँदरको हातमा नरिवल’ होला कि भन्ने डर भएको बताउँदै उनले अस्पतालमा मेसिनमा भन्दा पदाधिकारी कर्मचारीमा समस्या देखिएको बताए ।

 अस्पतालमा बिग्रिएका मेसिन खरिद गर्न चीन सरकारसँग संवाद भइरहेको जानकारी दिँदै आधुनिक मेसिन उपलब्ध गराउने बताए । रामपुर क्याम्पसलाई कृषि तथा वन विश्वविद्यालय बनाउने विषयमा आफू गम्भीर रहेको बताउँदै उनले आफ्नै कार्यकालमा यो समस्याको समाधान गर्ने प्रतिबद्धता जनाए ।

Leave A Reply

Your email address will not be published.