यी हुन् विश्वकै सबैभन्दा ज्येष्ठ महिला, यस्तो छ लामो समयसम्म बाँच्नुको राज

934853fa21d4c007e0d70dd475562e44

काठमाडौं । १९ औँ सताब्दीमा जन्मिएर हालसम्म पनि जीवित रहेकी विश्वकी एकमात्र महिला एमा मोरेनोले गिनिज बुकमा आफ्नो नाम लेखाउन सफल भएकी छन् । २९ नोभेम्बर १८९९ मा जन्मेकी उत्तरी इटालीको बेरबेनिया सहरमा बस्ने उनले हालै आफ्नो १ सय १७ औँ जन्मदिन मनाइन् ।

यी वृद्धा ८ जना भाइबहिनीमध्ये सबैभन्दा जेठी हुन् । उनका भाइ बहिनी सबैको मृत्यु भइसकेको छ । आफूलाई कुटपिट गरिरहने भएकाले सन् १९३८ मै आफ्नो लोग्नेलाई छाडेकी एमाको एक मात्र छोराको पनि मृत्यु भइसकेको छ । दुईकोटे अपार्टमेन्टमा २० वर्षदेखि एक्लै बस्दै आएकी उनी हरेक दिन अण्डा, कुकिज र पर्याप्त फलफूल खान्छिन् ।

एमाको मस्तिकले अहिले पनि राम्रोसँग काम गरिरहेको । उनलाई सुन्न र बोल्नमा समस्या देखिएको छ । सुतेर वा खाएर उनले समय कटाउने गरेकी छिन् ।

उनकी आमा पनि ९१ वर्षसम्म बाँचेकी थिइन् । दुईजना बहिनी सय वर्षसम्म बाँचेका थिए ।

Leave A Reply

Your email address will not be published.