चितवनलाई भेट्रान फुटबल उपाधि

काठमाडौं / रास– चितवन फुटबल क्लबले प्रथम मदन स्पोर्ट्स कप नाइन ए साइड भेट्रान फुटबल प्रतियोगिताको उपाधि जितेको छ । मंगलबार चन्द्रागिरिको ठूलो ढुंगामा भएको फाइनलमा चितवनले आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई ३–० गोलअन्तरले पराजित गर्दै उपाधि जित्यो ।

1-31

चितवनको जितमा रवीन्द्र श्रेष्ठको एक गोल गर्दा उसले २ गोल उपहार पाएको थियो । चितवनले क्वार्टरफाइनलमा ४० प्लस फाउन्डेसनलाई १–० तथा सेमिफाइनलमा वीरगन्ज युथ एकेडेमीलाई ४–० गोलले हराउदै फाइनलमा स्थान पक्का गरेको थियो ।

एकेडेमीले क्वार्टरफाइनलमा कैलालीको साइनिङ सन फुटबल एकेडेमीलाई ४–१ तथा सेमिफाइनलमा नाइट किङ क्लब, नाइट किङ क्लब, सानो गौचरनलाई २–१ ले पन्छ्याउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

उपाधिसँगै चितवनले १ लाख नगद पुरस्कार हात पा¥यो भने आयोजक एकेडेमीले ५० हजार नगदमा चित्त बुझायो । आयोजक एकेडेमीका नरोत्तम गौतम ‘प्लेयर अफ द टुर्नामेन्ट’ चुनिए । चितवनका छन्नुराम चौधरी उत्कृष्ट गोलरक्षक घोषित भए ।

नाइट किङका रवि महर्जन तथा चितवनका रवीन्द्र श्रेष्ठ सर्वाधिक गोलकर्ता बने । प्रतियोगिता अवधिभर दुवैले समान ४–४ गोल गरे । चारदिने प्रतियोगितामा मोफसलका तीनसहित आठ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

 

Leave A Reply

Your email address will not be published.