पुस्तक प्रदर्शनी सुरु

book

काठमाडौं / रास– नेपाल प्रज्ञा–प्रतिष्ठानका विभिन्न प्रकाशनलाई प्रचार तथा प्रवद्र्धन गर्ने उद्देश्यले प्रज्ञा भवनमा मंगलबारदेखि पुस्तक प्रदर्शनी सुरु भएको छ । आगामी १० माघसम्म जारी रहने सो प्रदर्शनीमा साहित्य, दर्शन, विभिन्न धार्मिक तथा स्मारिका, शब्दकोशलगायत पुस्तकहरू राखिएका छन् । आदि कविका महŒवपूर्ण कृतिका साथै राजनीतिज्ञ, लेखकको समेत लोकप्रिय कृतिलाई अंग्रेजीमा अनुवाद गरी राखिएको छ । ती कृतिको खरिद गर्दा कृति १५ देखि ६० प्रतिशतसम्म छुटको व्यवस्थासमेत गरिएको छ ।

प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले प्रदर्शनीको उद्घाटन गर्दै लामो समयदेखि सो संस्थाले प्रकाशन गरेका विभिन्न कृति सर्वसाधारण पाठकसम्म पु¥याउनका लागि प्रदर्शनी उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । विगतमा प्रतिष्ठानले कृति छपाइ गर्दा विभिन्न समस्या आएको बताउँदै उहाँले अब चाँडै नयाँ प्रविधिमैत्री अत्याधुनिक प्रेस प्रयोगमा ल्याइने जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.