म त माया गर्ने मान्छे

news-photos

काठमाडौं / रास– पछिल्लो समय फिल्म छक्का पन्जाको देख्न चम्पा बोलको गीतमार्फत चर्चामा आएका गीतकार शान्तिप्रियको लेख्न रहेको मत माया गर्ने मान्छे बोलको गीतको भिडियो रिलिज भएको छ । सार्वजनिक गीतमा संगीत सन्तोष श्रेष्ठको रहेको छ भने यसमा स्वर प्रमोद खरेलले दिएका छन् । सन्दीप शाही र अनामिका चौलागाईं फिचरिङ भएको यस गीतलाई निर्मल शर्माले निर्देशन गरेका हुन् ।

‘हामीले गीतमा चोखो माया गर्ने मान्छेलाई धोखा दिएपछि आउने अवस्थालाई देखाएका छौं,’ निर्देशक शर्माले गीतको कथाबारे बताए । यता गीतकार शान्तिप्रिय पनि मायालाई मूल्यमा तौलिन नहुने बताउँछन् ।

‘माया गर्ने मान्छेसँग कति मूल्य छभन्दा पनि कस्तो मन छ भन्ने हेर्नुपर्छ, यसै भावलाई गीतमा उतारेको छु,’ शब्दकार शान्तिप्रियले गीतलाई प्रस्ट्याए । गीतमा सिनेमाटोग्राफी सुदीप बरालको छ भने टेकेन्द्र शाहले यसलाई सम्पादन गरेका हुन् । गीतलाई निर्माण कम्पनी छायाछवि क्रिएसनको युट्युब एकाउन्टमार्फत सार्वजनिक गरिएको छ ।

 

Leave A Reply

Your email address will not be published.