अमर राष्ट्रनायकको स्मरण

अमर राष्ट्रनायकको स्मरण

sachitananda

सचितानन्द घिमिरे

विसं १७७९ पुस २७ मा गोरखाको राजदरबारमा जन्मिएका पृथ्वीनारायण शाह पिता नरभूपाल शाहको निधनपछि २५ चैत १७९९ मा २० वर्षको कलिलो उमेरमै गोर्खा राज्यको राजा भए । भक्तपुरको भ्रमणबाट उनले उपत्यकाको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक आदि अवस्थाबारे प्रत्यक्ष जानकारी लिने अवसर पाएका थिए । गोर्खा फर्कने क्रममा कान्तिपुरका राजा जयप्रकाश मल्लसँग पनि मीत लगाएका थिए । अन्य राज्यहरूमा पनि उनी राजप्रतिनिधि बनेर जाने गरेका थिए । फलस्वरूप पृथ्वीनारायणले आपूm राजा भएपछि राज्य विस्तारका लागि सैनिक तयारी गर्नु आवश्यक ठाने । राजा भएको केही महिनापछि विसं १८०० को हिउँदतिर तीर्थयात्राको बहाना गरी उनी भारतको राजनीतिक, सामाजिक, आर्थिक, सामरिक अवस्था जान्न चाहन्थे । यात्राबाट उनले भारतमा अंग्रेजहरूको प्रवेश र उनीहरूको धार्मिक तथा राजनीतिक महŒवाकांक्षाको चलखेलले पैदा गराएको अशान्त वातावरणलाई प्रत्यक्ष रूपमा देख्न पाए ।

पृथ्वीनारायणले राज्य एकीकरणको पहिलो प्रयास नुवाकोट आक्रमणबाट गरे । ज्योतिषबाट साइत हेराएर आप्mनै नेतृत्वमा युद्ध लडी १५ असोज, १८०१ मा नुवाकोटमाथि विजय प्राप्त गरे । उनको मनोविज्ञान काठमाडौं उपत्यकाका कान्तिपुर, भक्तपुर र ललितपुर तीनवटै राज्यलाई आप्mनो अधीनमा लिन हतार भएको बुझिन्छ । तर, आप्mनो आन्तरिक र बाह्य शक्तिलाई बलियो नबनाई महŒवाकांक्षा पूरा हुन नसक्ने कुरा राम्रोसँग बुझेका थिए । कान्तिपुरका राजा जयप्रकाश मल्ल र ललितपुरका राजा विष्णु मल्लबीच सम्बन्ध राम्रो थिएन । यही मौकालाई उपयोग गर्दै पृथ्वीनारायणले गोर्खाली र भक्तपुरे संयुक्त फौजबाट कान्तिपुरका साँखु, चाँगु, महादेवपोखरी, नालदुम, दोलखा आदि इलाका जितेर १८ भदौ, १८०३ मा भक्तपुर राज्यलाई उपहार दिए । यस घटनाबाट कान्तिपुर र भक्तपुरबीच दुस्मनी बढ्नु स्वाभाविक थियो । यहाँनेर उनको कूटनीतिक चातुर्य पनि स्पष्टसँग आँकलन गर्न सकिन्छ ।

विसं १८१२ को साउन महिनातिर लमजुङका राजा वीरमर्दन शाहले गोर्खा राज्यसँग पहिला गरेको धर्मपत्र भंग भएको खबर गरे । त्यसपछि तनहुँ, कास्की र पर्वत राज्यका संयुक्त फौजले गोर्खामाथि हमला गरे । यस समय पृथ्वीनारायण काठमाडौं उपत्यका आसपास थिए । खबर सुन्नेबित्तिकै आप्mना फौज लिएर कालु पाँडेसहित उनी गोर्खा दरबार पुगे । गोर्खाली जनता र फौज मिली विपक्षमाथि हमला गरे । दुवैतर्फ ठूलै रक्तपात भयो । अन्त्यमा गोर्खालीको विजय भयो । यस युद्धबाट चौबीसे राज्यले गोर्खाउपरान्त ठाडो शिर गर्न नसक्ने पाठ पढायो । क्रमशः गोर्खालीहरूको भूमिक्षेत्र, फौजी संख्या र हातहतियार मात्र होइन, तालिमप्राप्त सैनिकहरूको संख्यामा पनि उल्लेख्य वृद्धि भइरहेको थियो । पृथ्वीनारायणले राज्य प्रशासनमा आवश्यक सुधार पनि गरिरहे । राज्यको विस्तार हुँदै जाँदा उनले थप चौतारा पनि नियुक्ति गर्दै रहे । विसं १८१९ असोज महिनामा यथोचित सैनिक तयारीका साथ गोर्खाली फौजले मकवानपुर राज्यमाथि आक्रमण ग¥यो । मकवानपुर राज्य गोर्खाको कब्जामा आयो । राज दिग्बन्धन सेन आप्mना मन्त्रीसहित सपरिवार भागेर भारततिर पलायन भए ।

काठमाडौंदेखि पूर्वी क्षेत्रको सैनिक नेतृत्व सरदार रामकृष्ण कुँवरले गरेका थिए । उनले पलान्चोक गढी, तिमालकोट र सिन्धुली गढी कब्जा गरी २ असोज १८१९ मा मकवानपुरको राजधानी पुगे । यस बखत गोर्खाली फौज विजयोन्मादले पुलकित भएको थियो ।

मकवानपुरबाट पदच्युत राजा दिग्बन्धन सेनले बेतिया पुगेर ‘नवाव—वजीर’ कासीम अलि खाँसँग ‘जसरी हुन्छ गोर्खाली सैनिकहरूलाई मकवानपुर राज्यबाट हटाइदिनुहोस्’ भनी गुहार मागे । यसपछि सेनापति गुर्गिन खान लगभग २ हजार फौज लिएर गोर्खाली सेनालाई मकवानपुरबाट विस्थापित गर्न आएको देखिन्छ । यो अशुभ समाचार पाउनेबित्तिकै पृथ्वीनारायणले काजी वंशराज पाँडे र बख्सी कहरसिंह बस्नेत र सरदार रामकृष्ण कुँवरलाई आआप्mनो नेतृत्वको सेना लिई तुरुन्त मकवानपुर जाने सूचना आदेश गरे । गोर्खालीले यो युद्धबाट विजयी मात्र प्राप्त गरेन, थुप्रै संख्यामा हातहातियार पनि भिœयायो ।

विसं १८२० को कात्तिक महिनामा धुलिखेल र आसपासका पनौती, खड्पु, साँगा आदि इलाकालाई गोर्खाली फौजले कब्जामा लियो । अब काठमाडौं उपत्यकाका तीनवटै राज्यलाई घेरा हाल्न सहज भयो । यस अनुकूल समयलाई पृथ्वीनारायणले उपत्यकाको चारैतिरबाट सैनिक तथा आर्थिक नाकाबन्दी गरी उपयोग गरे । नाकाबन्दीविरुद्ध लाग्नेहरूलाई मृत्युदण्डको सजाय दिन थालियो । उपत्यकाको जनजीवन यस बखत बहुतै कष्टकर बन्न पुगेको देखिन्छ । यसै बखत ललितपुर राज्यबाट पृथ्वीनारायणलाई राजा बनिदिन निमन्त्रणा गरियो । यस घटनाको आग्रह केवल नाकाबन्दीबाट मुक्ति पाउनु थियो । पृथ्वीनारायणले यस अवसरलाई उपयोग गर्दै आप्mना प्रतिनिधिका रूपमा चौतारा दलमर्दन शाहलाई ललितपुरको राजा बनाए । यस क्रममा ललितपुरको सिक्का बनाउँदा गोर्खा राज्यका इष्टदेव ‘गोरखनाथ’र ललितपुर राज्यका इष्टदेव ‘मत्स्येन्द्रनाथ’को नामान्तरण गरी ‘लोकनाथ’ अंकित सिक्का बनाएको देखिन्छ ।

विसं १८१४ मा कीर्तिपुरमाथि गरिएको पहिलो आक्रमणबाट गोर्खाली फौजले लज्जास्पद हार बेहोर्नुपरेको थियो । यसको नेतृत्व पृथ्वीनारायण स्वयंले गरेका थिए । यही युद्धमा उनले कालु पाँडेलाई गुमाउन पुगे । यस घटनाले उनलाई जीवनभरको अपूरणीय क्षति र दुखित बनायो । यसपछि कालु पाँडेका १८÷२० वर्षीय छोरा वंशराज पाँडेलाई काजी पदमा नियुक्त गरे । पछि शिरानचोक युद्धमा मारिएका शिवरामसिंह बस्नेतका छोरा केहेरसिंह बस्नेतलाई सेनापति पदमा नियुक्त गरे । यसबाट पृथ्वीनारायणको न्यायप्रेमी तथा ठीक समयमा ठीक निर्णय लिन सक्ने क्षमता झल्कन्छ ।

काठमाडौं उपत्यकाका तीनवटै राज्य खुम्चिरहे । विसं १८२० देखि लगाइएको नाकाबन्दी पनि हटेको थिएन । यस विषमपरिस्थतिमा उपत्यकाका तीनवटै राज्य मिली संयुक्त रूपमा गोर्खालीविरुद्ध लडाइँ लड्ने योजना बनाए । कान्तिपुरका राजा जयप्रकाश मल्लको निर्णयमा इस्ट इन्डिया कम्पनीका अंग्रेज सरकारका प्रतिनिधि मिस्टर टम्स रम्बोल्डलाई फौज सहायता माग गरी गोप्य पत्र लेखियो । यो अवसर अंग्रेजका लागि ढुंगो खोज्दा देउता मिलेझैं भएको थियो । गोर्खालीलाई पराजित गराउन सके काठमाडौंको बाटो गरी तिब्बत र चीनसम्म व्यापारिक तथा राजनीतिक फाइदा हुने प्रचुर सम्भावना अंग्रेजहरूले देखेका थिए ।

सिन्धुलीको पौवा गढीमा गोर्खाली फौजले अंग्रेजविरुद्ध आक्रमण छेड्यो । गोर्खालीले भीरबाट ढुंगा लडाए । जंगलका अरिंगाल, बच्छिउँका गोला फुटाए । अंग्रेज फौज भागभाग गर्ने क्रममा सिस्नाका घना झाडीमा फस्न बाध्य भए । यस युद्धमा अंगे्रज फौजले लज्जास्पद हार र हातहतियारको नोक्सानी बेहोर्नुप¥यो । १२ सयजति अंग्रेज फौज मारिए । करिब ३ सयको संख्यामा गोर्खाली फौज पनि मरे । यो घटना विसं १८२४ को हो । यसपछि कप्तान किन्लाकले गोर्खालीको दपेटाइ सहँदै फौज लिएर बारातिर पुगी सैन्य शिविर खडा गरे ।

कान्तिपुर आक्रमण गर्ने क्रममा पृथ्वीनारायण स्वयंले आप्mना सेनाको नेतृत्व सम्हालेका थिए । इन्द्रजात्राको समय पारी मध्यरातमा गोर्खालीले कान्तिपुरमाथि आक्रमण गरे । राजा जयप्रकाश मल्ल भागेर पाटनमा शरण लिन पुगे । १३ असोज १८२५ राति नै पृथ्वीनारायण शाह कान्तिपुर गद्दीमा आसीन भए । भोलिपल्ट दरबारमा पुगी जनताले नयाँ राजाको भव्य स्वागत गरे । यसलगत्तै १४ असोज, १८२५ मा ललितपुर राज्यलाई पनि गोर्खालीले पूर्णकब्जामा लियो ।

काठमाडौं उपत्यकाका मल्ल राजा भक्तपुरमा मात्र बाँकी रहे । नाकाबन्दीको हाहाकार चरमचुलीमा पुगेको थियो । वंशराज पाँडे, केहेरसिंह बस्नेत, रामकृष्ण कुँवर आदिको नेतृत्वमा गोर्खाली फौज बलपूर्वक भक्तपुर राज्यमा प्रवेश ग¥यो । लगातार तीन दिनसम्म घमासान युद्ध चल्यो । युद्धकै क्रममा कान्तिपुरबाट भागेका राजा जयप्रकाश मल्लको खुट्टामा गोली लागी सख्त घाइते भए । यस युद्धमा करिब २ हजार सेना मारिए । ५ सयजति घर जले ।अन्तिमा बाध्य भएर राजा रणजित मल्लले आत्मसमर्पण गरे । १ माघ, १८२६ मा भक्तपुर राज्य पनि गोर्खाको कब्जामा आयो । उपत्यकाका मल्ल राज्य पूर्ण रूपमा उन्मूलन भए ।

पृथ्वीनारायण शाहले नेपाल राज्यको एकीकरणका क्रममा पश्चिममा भन्दा पूर्वमा सफलता पाए । पश्चिममा गोर्खा राज्यको सिमाना मस्र्याङ्दी नदीसम्म सीमित थियो । पूर्वमा भने टिस्टासम्म फैलिएको थियो । उनले युद्धमा मारिएका सैनिकका परिवारलाई खेतीपाती गर्न जग्गा बिर्ता दिने व्यवस्था गरेका थिए । उमेर पुगेका पुरुषलाई न्यायोचित सेनामा भर्ती गरिदिन्थे । उनको आक्रमणको निसाना राज्यको केन्द्रीय तह नै हुने गथ्र्यो । कुनै पनि राज्य जितिसकेपछि विजायोन्मादमा आप्mना फौजले उपद्रो गर्लान् भनी निगरानीमा राख्थे । राज्य जितेपछि त्यहाँका सैनिकलाई आप्mना सैनिकसँग सम्मानका साथ समायोजन गर्थे । आपूm जहाँजहाँ पुग्थे, जनताको मन जित्ने काम गर्थे । त्यस युगमा पनि सञ्चार व्यवस्थालाई सशक्त बनाएका थिए ।

आप्mनो जीवनको उत्तराद्र्धकालमा पृथ्वीनारायणले आप्mनो अनुभव तथा योजनासम्बन्धी प्रवचन दिएका थिए । उनका मार्मिक उपदेशलाई ‘दिव्योपदेश’ मा संगृहित गरिएको छ । वास्तवमा यिनी दूरदर्शी राजा थिए । निश्चय पनि पृथ्वीनारायण शाहको महान् अभियानबाट नेपाल राज्य जन्मिएको हो । बाँचेको हो । व्यक्तिगत सुखसयल र विलासमा नभुली दत्तचित्त भएर ट्ुक्राटुक्रामा विभाजित राज्यको एकीकरण गरिरहे । राष्ट्रवाद शब्द र नारामा होइन, व्यवहारमा देखिनुपर्छ । पृथ्वीनारायण नेपाल एकीकरणका नायक र राष्ट्रवाद उदाहरण हुन् । उनको मृत्यु १ माघ, १८३१ मा ५२ वर्षको अल्पायुमा भयो । उनी नेपाली माटो तथा मनमा सदा अमर छन् ।

 

Leave A Reply

Your email address will not be published.