जब शल्यक्रियाका लागि चिकित्सकले पेटभित्र कण्डम घुसारे (तस्बिरहरुसहित)

13

काठमाडौं । सुन्दै अचम्म लाग्छ, शल्यक्रियाका लागि पनि कण्डमको प्रयोग । हो, चिकित्सकहरुले शल्यक्रियाका क्रममा मानिसले सुरक्षित सेक्सका लागि प्रयोग गर्ने कण्डम पनि प्रयोग गर्ने गरेको खुलासा भएको छ ।

पूूर्वी चीनको जियांग्सुस्थित लियानयुन्गागन अस्पतालका चिकित्सकले पेटको शल्यक्रिया गर्दा कण्डमको प्रयोग गरेका हुन् । कण्डम प्रयोग गर्नुको कारण पनि अचम्मको रहेछ ।

एक बिरामीले बियर पिउँदा बियरको बिर्काे पनि निलेछन् । त्यसपछि उनी सिधै अस्पताल गए र आफ्नो समस्या सुनाए । उनी त्यहाँ पुग्दा बियरका कारण पेट डम्म थियो । पेट फुलेकाले त्यस दिन उनको शल्यक्रिया सम्भव भएन । उनलाई भोलिपल्ट पुनः शल्यक्रियाका लागि बोलाइयो ।

शल्यक्रियाका लागि आवश्यक सामान तयार भइसकेको थियो । शल्यक्रियाका लागि गएका बिरामी त्यसबेला अचम्ममा परे, जब उनले शल्यक्रियाका लागि तयार पारिएको सामानको सूचीमा कण्डम पनि देखे । उनले तुरुन्तै यसबारे सोधे । चिकित्सकको जवाफ थियो, कण्डम राख्दा पेटमा थप घाउ हुन पाउँदैन । अन्ततः चिकित्सकले कण्डम छिराएरै बियरको बिर्काे निकाले । त्यसपछि, ती बिरामी भित्रभित्रै हाँस्नु हाँसे । यो समाचार अहिले चीनमा भाइरल नै बनेको छ ।

?????????????????????????????????????????????????????????

14

15

16

17

Leave A Reply

Your email address will not be published.