अदालतको आदेश–फैसला सरल भाषामा लेख्न सुझाव

काठमाडौं / रासस– अदालतको आदेश–फैसला सरल र सर्वसाधारणले सहज रूपमा बुझ्न सक्ने तरिकाले लेख्नुपर्ने भएको छ । कानुनी भाषा सर्वसाधारणले सहज रूपमा बुझ्न नसक्दा समस्या, दुःख, हैरानी, गलत व्याख्या हुने हुँदा अदालतको आदेश–फैसला सरल भाषामा सामान्य नागरिकले सहजसँग बुझ्न सक्ने हुनुपर्ने जरुरी देखिएको हो ।

सर्वोच्च अदालत केन्द्रीय न्याय क्षेत्र समन्वय समितिले बुधबार आयोजना गरेको ‘न्यायिक सूचना सम्प्रेषणका सन्दर्भमा सञ्चारकर्मीसँगको अन्तक्र्रिया’ अग्रज पत्रकारले अदालती भाषा बुझ्न निकै जटिल भएको हुँदा सरल भाषा प्रयोग गर्नुपर्नेमा जोड दिएका हुन् ।

अग्रज पत्रकार पुरुषोत्तम दाहाल, विष्णु निष्ठुरी, धमेन्द्र झा, राष्ट्रिय समाचार समिति अध्यक्ष कुलचन्द्र वाग्ले, गोरखापत्र दैनिकका सम्पादक पुस्कर माथेमा, बबिता बस्नेत, कपिल काप्mलेलगायतले अदालती भाषा सरल रूपमा प्रयोग गर्नुपर्ने र अदालती भाषा सरल रूपमा प्रयोग गर्न निर्देशिका नै तयार गर्नुपर्ने सुझाव

दिएका हुन् ।

 

Leave A Reply

Your email address will not be published.