आजदेखि श्रीस्वस्थानी व्रतकथा वाचन

शाली नदीमा विशेष मेला

राजधानी समाचारदाता
काठमाडौं, २७ पुस

एक महिने श्रीस्वस्थानी व्रत बिहीबारदेखि सुरु हुँदै छ । पौष शुक्ल पूर्णिमाका दिनदेखि सुरु हुने व्रत माघ शुक्ल पूर्णिमासम्म गरी एक महिनासम्म जारी रहन्छ ।व्रत आरम्भसँगै स्वस्थानी माघ स्नान र कथा वाचन पनि सुरु हु“दै छ । घरघरमा श्रीस्वस्थानी कथा वाचन, कथा सुन्ने तथा परमेश्वरी स्वस्थानीको पूजा पनि सुरु हु“दै छ । यो कथा वाचन एक महिनासम्म चल्छ ।

माघ शुक्ल पूर्णिमासम्म हुने व्रत अवधिमा हरेक दिन नित्य मध्याह्न कालमा भगवान् शिवको पूजाआराधना गरिन्छ । हरेक दिन मध्याह्न भगवान् शिवको आराधना गर्दै श्रीस्वस्थानी देवीको स्तुति गर्ने चलन छ ।

यस अवधिमा माछा मासु नखाई नुहाइधुवाइ गरी एक चित्त बनाएर एकछाक चोखो खाएर व्रत बसिन्छ । कथा सुन्ने र सुनाउनाले उचित फल पाइने धार्मिक विश्वास रहिआएको छ ।

सुस्वाथ्य दीर्घायुदेखि कर्मसिद्धि र सुयोग्य वर प्राप्तिका लागि पनि व्रत बस्ने गरिन्छ । स्वस्थानीमा शिवको सतीदेवी र पार्वतीसँगको प्रेम, सतीदेवीको अंगपतन, गोमा ब्राह्मणीको दुःखद कथा, त्रिपुर नष्ट, दक्षको यज्ञ, विश्व र ब्रह्माण्ड उत्पत्तिलगायतका प्रसंग उठ्छन् ।

पौष शुक्ल पूर्णिमादेखि सुरु श्रीस्वस्थानी व्रतका बेला विभिन्न ठाउ“मा मेलासमेत लाग्ने गर्छ । काठमाडौं उत्तरपूर्वमा रहेको सा“खुस्थित शाली नदीमा विशेष मेला लाग्ने गर्छ । यहा“ प्रत्येक वर्ष पूर्णिमादेखि सुरु हुने माधवनारायण मेला बिहीबारबाटै सुरु हुँदै छ ।

शाली नदीमै बसेर एक महिना व्रत बस्ने व्रतालु दिनको एक छाक मात्र खाई बिहान नुहाइधुवाई गरी महादेव, नारायण, स्वस्थानीलगायतका देवीदेवताको पूजा गर्नेे गर्छन् । घरपरिवारको सुस्वास्थ्य र सुखशान्तिको कामना गर्दै शाली नदीमा महिलास“गै पुरुषसमेत व्रत बस्ने परम्परा छ । एक महिनापछि उद्यापनसँगै व्रत सम्पन्न हुन्छ ।

 

Leave A Reply

Your email address will not be published.