एनटीभी विजयी

काठमाडौं / रास– साविक विजेता कान्तिपुर मिडिया ग्रुप र नेपाल टेलिभिजन (एनटीभी) ले आठौं मिडिया कप फुटबल प्रतियोगितामा बुधबार जित हात पारेका छन् । समूह ‘ए’ को लिग खेलमा कान्तिपुरले एपी वान टेलिभिजनलाई २–० गोलअन्तरले पराजित गर्दै लगातार दोस्रो जित हात पा¥यो । जितसँगै कान्तिपुर सेमिफाइनल पुग्ने बलियो स्थितिमा पुगेको छ । कान्तिपुरको जितमा सुरज मोक्तान र समीर तामाङले १–१ गोल योगदान गरे । समीर ‘म्यान अफ द म्याच’ चुनिए । सोही समूहको अर्को खेलमा एनटीभीले एभिन्युजलाई २–१ ले हराउँदै पहिलो जित निकाल्यो । एनटीभीका लागि ‘म्यान अफ द म्याच’ प्रज्ज्वल शाक्य र राजेश थापा मगरले १–१ गोल गरे । बिहीबार समूह ‘बी’ मा अन्नपूर्ण पोस्ट र रेडियो नेपालबीच खेल हुनेछ ।

Leave A Reply

Your email address will not be published.