सातवटै महादेशको शिखरमा पण्डित

5-4

काठमाडौं / रास– लामो दूरीका धावक सञ्जय पण्डितले अन्टार्कटिकाको भिन्सोन मसिफको कीर्तिमानी आरोहण गरेका छन् । यसका साथै पण्डितले सातवटै महादेशका  शिखर सफल आरोह गरेका छन् । उनले भिन्सोनमा नेपाली झन्डा फर्फराए । उनले भादगाउँले टोपी लगाएर आरोहरण गरेका थिए । ४ जनवरीका दिन भिन्सोन मसिफमा पाइला राख्न सफल भएको पण्डितले अन्टार्कटिकाको चर्चित पर्वत माउन्ट रजडम्यानको पनि आरोहण गरेका छन् । उनी रजडम्यानमा ५ मिनेट अर्धनग्न अवस्थमा बसेका थिए । सो हिमालय आरोहण गर्ने उनी पहिलो नेपाली हुन् ।

विश्व कीर्तिमानी पर्वतारोही पण्डितले मंगलबार अन्टार्कटिका युनियन ग्लेसियरमा अन्टार्कटिका लजिस्टिक एन्ड एक्सपिडिसनले सफल आरोहण गरेकोमा सम्मान गरेको हो ।  एलईका प्रबन्ध निर्देशक ओनर  एवं सञ्चालक पिटर मेकडोवेलले  अन्टार्कटिका महादेश अंकित  नक्सा तथा अन्टार्कटिका अंकित टोपी तथा खादा लगाइदिएर सम्मान गरेका हुन् ।

त्यसैगरी,अन्टार्कटिका सम्बन्धी पर्यटन सामग्री प्रदान गरिएको थियो । पण्डितले  नेपाली भादगाउँले टोपी फहराइदिँदै  नेपालको राष्ट्रिय झन्डा  तथा नेपाल पर्यटन बोर्डले प्रदान गरेको नेपाल  पर्यटनसम्बन्धी  सीडी र उपराष्ट्रपति  नन्दबहादुर पुनले अन्टार्कटिका जानुअघि  प्रदान गरेको खादा मायाको चिनो स्वरूप प्रदान गरेका थिए ।  पण्डितले  एलईका टिमका सदस्यहरूलाई सगरमाथा र बुद्ध जन्मेको देशमा  भ्रमण गर्ने निम्तोसमेत दिए ।

 

Leave A Reply

Your email address will not be published.