म्यानचेस्टर युनाइटेड विजयी

3c08

लन्डन / एजेन्सी– इंग्लिस प्रिमियर लिगमा छैटौं स्थानमा संघर्षरत रहेको म्यानचेस्टर युनाइटेडले लिग कपअन्तर्गत सेमिफाइनलको पहिलो लिगमा हल सिटीलाई २–० ले पराजित गर्दै फाइनलमा स्थान बलियो बनाएको छ ।

युनाइटेडको घरेलु मैदान वल्र्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडलाई जित दिलाउन हुवान माटा र माराउने फेलानीले एक–एक गोल गरे । पहिलो हाफमा घरेलु टिमलाई हलसिटीले गोलरहित बराबरीमा रोके पनि दोस्रो हाफमा भने युनाइटेडलाई रोक्न हल सिटी असफल भयो ।

युनाइटेड खेलमा अग्रता बनाउने क्रममा ५६औं मिनेटमा माटाले गोल गरे । पछिल्लो समय राम्रो लयमा रहेका माटाले ४ लिग कप खेलमा तेस्रो गोल गर्न सफल भए । त्यसपछि पनि गोलका केही राम्रा मौकाहरू सिर्जना गर्न युनाइटेड सफल भयो, यद्यपि उसले दोस्रो गोलका लागि अन्तिम समयसम्म प्रतीक्षा गर्नुप¥यो ।उसका लागि ८७औं मिनेटमा फेलानीले गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई २–० को जित दिलाए । फेलानीले लिग कप फुटबलमा सन् २०१३ पछि पहिलो गोल गर्न सफल भए ।

पहिलो लिगको जितसँगै म्यानचेस्टर युनाइटेडले लिग कपको फाइनल पुग्ने सम्भावना बलियो बनायो । त्यस्तै, युनाइटेडले सबै प्रतियोगितामा आफ्नो ९ खेलसम्मको अपराजित यात्रालाई कायम राख्न पनि सफल भयो ।युनाइटेडको यो सन् २००९ पछिको सबैभन्दा राम्रो प्रदर्शन पनि हो । अब दुई टोलीबीचको दोस्रो लिग हल सिटीको घरेलु मैदानमा हुनेछ ।

Leave A Reply

Your email address will not be published.