एनओसीले टोकोसियमास“ग सहकार्य गर्ने

p1100488

टोकियो / एजेन्सी– टोकियो ओलम्पिकका लागि नेपाली खेलाडीलाई जापानमा विशेष प्रशिक्षण गराउन नेपाल ओलम्पिक कमिटीले पहल गरेको छ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष  जीवनराम श्रेष्ठ तथा स्पोर्टस् अफ अल कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठले मंगलबार जापानको टोकोसिमाका गर्भनर कामोन लिजुमीलाई भेट गर्दै सो विषयमा छलफल गरेका हुन् । छलफलमा  टोकोसिमाका गर्भनरले नेपाली ओलम्पिक टिमलाई विशेष प्रशिक्षणका लागि आवश्यक बन्दोबस्त मिलाउने प्रतिबद्धता व्यक्त गरेको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले बताए ।

टोकोसिमा सहरका मेयर भएको बैठकमा पनि मेयर सुजी युनोले नेपाली खेलाडीको तालिम तथा प्रशिक्षणका लागि सहयोग गर्ने सहमति गरे । साथै नेपालको खेलकुद विकासका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणका लागि अध्यक्ष श्रेष्ठले पहल चालिएको बताए । गभर्नर र मेयरको निमन्त्रणामा एनओसीका अध्यक्ष श्रेष्ठ जापान भ्रमणमा गएका थिए । सो अवसरमा श्रेष्ठले जापानको अत्याधुनिक खेलकुदका भौतिक पूर्वाधारको अवलोकन गर्दै नेपालमा कम खर्चमा बनाउन सकिने भौतिक पूर्वाधारको विषयमा समेत जानकारी लिइरहेको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.