पराजयपछि पनि एथ्लेटिको अघिल्लो चरणमा

154773620athletic-madrid

म्याड्रिड / एजेन्सी– स्पेनिस कोपा डेल रे फुटबलको दोस्रो लिगमा पालमससँग एथ्लेटिको म्याड्रिड ३–२ गोल अन्तरले पराजित भए पनि समग्रमा ४–३ को जित निकाल्दै क्वाटरफाइनलमा स्थान बनाउन सफल भएको छ ।

अन्तिम ८ मा स्थान बनाउने क्रममा एथ्लेटिकोलाई पहिलो लिगको जित महŒवपूर्ण रह्यो । घरेलु मैदानमा भएको दोस्रो लिगमा एथ्लेटिको म्याड्रिड पाहुना टोली लास पालमससँग ३ – २ को अप्रत्यासित नतिजाको सिकार भयो । तर, घरेलु टोलीलाई घरेलु मैदानमा पराजित गरे पनि लास पालमसले क्वाटरफाइनलमा स्थान

बनाउन सकेन । पहिलो लिगमा २–० को जित एथ्लेटिकोका लागि महŒवपूर्णरह्यो । जसका कारण उसले समग्रमा ४–३ को नतिजा आत्मसाथ ग¥यो । जितसहित कोपा डेल रे फुटबलको अन्तिम आठमा स्थान बनायो । घरेलु मैदानमा भएको दोस्रो लिगमा पनि एथ्लेटिको म्याड्रिडले सुरुवाती अग्रता लिएको थियो ।

तर, त्यसलाई जोगाउन नसक्दा एथ्लेटिकोको पराजित भयो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४९औं मिनेटमा एन्टोनी ग्रीजम्यानको गोलमार्पmत घरेलु टिमले अग्रता लियो तर ५७औं मिनेटमा लास पालमसका लिभिजाले बराबरी गोल फर्काएलगतै ६१औं मिनेटमा कोर्रेयाले गोल गर्दै एथ्लेटिकोको म्याड्रिडलाई पुनःअग्रता दिलाए ।

तर, खेलको ८९औं मिनेटमा लास पालमसका लिभिजाले व्यक्तिगत दोस्रो गोल गर्दै खेल बराबरीमा ल्याए भने अतिरिक्त समयमा ग्रासियाले गोल गर्दै लास पालमसलाई जित दिलाउन महŒवपूर्ण योगदान गरे । पराजयका बाबजुद पनि एथ्लेटिकोकोले भने अगिल्लोचरणमा स्थान बनाउन सफल रह्यो ।

 

Leave A Reply

Your email address will not be published.