देवीको ‘दास बनेर’ सार्वजनिक

15909672_1133643160066958_1125784648_n

काठमाडौं / रास– गायिका देवी खनालको दोस्रो लोकगीतसंग्रह‘दास बनेर’ सार्वजनिक भएको छ ।शुभारम्भ डिजिटल म्युजिकले बजारमा ल्याएको यो संग्रहमा विष्णु माझी र खेम सेन्चुरीको स्वर रहेको छ भने शब्द नेत्र अर्यालले भरेका छन् । खनालकै लयमा रहेको यो संग्रहमा बिदेसिन बाध्य नेपालीको पीडा समेटिएको छ ।

उनले यसअघि ‘घरमा आउनू माग्न’ संग्रह बजारमा ल्याएकी थिइन् । श्रोताहरूको अपार मायापछि एक वर्षलगत्तै आफू दोस्रो संग्रह लिएर बजारमा आएको खनाल बताउँछिन् । दुबईमा कार्यरत खनालको यो संग्रहका गीतलाई युट्युबमा समेत हेर्न सकिनेछ ।

 

Leave A Reply

Your email address will not be published.