सिर्जनात्मक लेखन प्रशिक्षण

राजधानी समाचारदाता
काठमाडौं, २८ पुस

प्रथम गणतन्त्रवादी कवि युद्धप्रसाद मिश्रको जन्मदिनको अवसर पारेर भक्तपुरका विद्यार्थीले एकदिने सिर्जनात्मक लेखन प्रशिक्षण पाएका छन् । बिरुवाको स्थानीय कुलमाया भगवती निमाविमा आयोजित सो कार्यक्रममा सिरुटारका अन्य ६ विद्यालयका ३५ विद्यार्थी तथा शिक्षकहरू सहभागी थिए । कवि एवं समालोचक डा. देवी नेपालले सो प्रशिक्षण दिएका थिए । बालबालिकाले कविता कसरी लेख्न सक्छन् र उनीहरूको लेखनकला कसरी सुधार गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिइएको थियो ।

15965099_10210366490750002_5849199057439225652_n

गणतन्त्रवादी कवि मिश्रको १०९औं जन्मजयन्तीलाई मनाउने क्रममा विद्यार्थीलाई युद्धप्रसाद मिश्र प्रतिष्ठानले सो अवसर जुटाएको थियो । सहभागी विद्यार्थीले आफूहरू यो प्रशिक्षणबाट प्रभावित भएको धारणा राखेका थिए । कार्यक्रममा बिरुवाका स्थानीय समाजसेवीहरू, सिरुटार गाविसका पूर्वअध्यक्ष उपाध्यक्ष तथा स्थानीय शिक्षकशिक्षिकाको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रशिक्षण कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष अनिल पौडेलले मिश्रको कवित्वबारे नयाँ पुस्ताले जानकारी पाऊन् भन्ने उद्देश्यका साथ यस्तो कार्यक्रम आयोजना गरिएको बताए ।

उनका अनुसार प्रशिक्षण मात्र नभएर स्थलगत कविता लेखन प्रतियोगितासमेत भएकाले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनका अवसर भएको बताए । ‘हामीले उनीहरूलाई स्थलगत कविता लेखन प्रतियोगिता गराएका छौं । त्यसको नतिजा आउँदो ६ प्रतिष्ठानका तर्फबाट फागुनमा हुने कार्यक्रममा पुरस्कार वितरण गरिनेछ । उत्कृष्ट १० जना विद्याथीलाई कविता वाचनको अवसर पनि प्रदान गरिनेछ,’ प्रतिष्ठानका अध्यक्षपौडेलले बताए ।प्रतियोगिताको निर्णायकमा कविहरू डा. देवी नेपाल, अभय श्रेष्ठ तथा जयन्ता पोखरेल रहेका छन् । कार्यक्रममा वरिष्ठ माक्र्सवादी चिन्तक एवं मिश्रका सहपाठी प्रा.डा. गोपीरमण उपाध्यायल कवि मिश्रबारे विद्यार्थी रसहभागीलाई जानकारी गराएका थिए ।

 

Leave A Reply

Your email address will not be published.