धरानमा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल सुरु

पवन अधिकारी / राजधानी
धरान, २७ पुस

पहिलोपटक सुनसरीको धरानमा अन्तर्™ाष्ट्रिय चलचित्र महोत्सव सुरु भएको छ ।बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडिटोरियम हलमा सुरु भएको महोत्सव २ माघसम्म चल्ने र महोत्सवमा १६ देशका ४७ फिल्म छानिएको फेस्टिभलका स्थानीय संयोजक तथा चलचित्र निर्देशक दीपक श्रेष्ठले जानकारी दिए । महोत्सवको उद्घाटन शिक्षामन्त्री धनीराम पौडेलद्वारा उद्घाटन गर्ने भनिए पनि मौसमका कारण उनी उपस्थित नहुने भएपछि चलचित्रकै पाँचजना निर्णायकबाट उद्घाटन गरिएको थियो । उद्घाटनका क्रममा बोल्दै नायक ™ाजेश हमालले चलचित्रले मानवीय भावनाको संवेदनशीलतालाई उजागार गर्नुपर्ने बताए ।

img_9292

उनले चलिचत्र मनोरञ्जनको साधन मात्र नभई शिक्षाको विषय हुनुपर्ने प्रस्ट पारे । सोही कार्यक्रममा बोल्दै अखिल नेपाल जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य सरल सहायात्रीले विश्वको उत्कृष्ट चलचित्रलाई धरानमा ल्याएर प्रदर्शन गर्न पाउँदा गौरव महसुस भएको बताए । यसैगरी, कार्यक्रमका स्थानीय आयोजक दीपक श्रेष्ठले चलचित्रकर्मीहरूले अँध्यारोमा काम गरेर उज्यालो देखाउने काम गरेको बताए । अखिल नेपाल चलचित्रकर्मी संघको आयोजनामा भइरहेको महोत्सवमा विभिन्न देशका चलचित्रबीच प्रतिस्पर्धासमेत गराइने छ भने प्रतिस्पर्धामा अन्तर्राष्ट्रिय फिक्सनतर्फ नेपालबाट मीनबहादुर भामको ‘कालो पोथी’ र मनोज पण्डितको ‘छाया’ छनोट भएको छ ।

त्यसैगरी, डकुमेन्ट्रीतर्फ अन्तर्राष्ट्रिय गणेश पाण्डेको ‘भाग्यले बाँचेकाहरू’ र भोजराज भाटको ‘सुनकली’ छानिएका छन् । त्यसैगरी, नेपाल पानोरमातर्फ फिल्म विधामा नवल खड्काको ‘भीमदत्त’, अरुण प्रधानको ‘ओम्ला’, दिनेश पाल्पालीको ‘बालकृष्ण सम’ चयन

भएका छन् । पानोरमातर्फ डकुमेन्ट्री प्रतिस्पर्धामा मानवशास्त्री डोरबहादुर विष्टको जीवनीमा आधारित वृत्तचित्र ‘म अलप हुन चाहन्छु’ प्रदर्शन गरिने भएको छ । प्रेम राउत र सागरविक्रम कडरियाले निर्देशन गरेको ‘डोम समाज’ आज प्रदर्शन भइसकेको छ भने अन्यमा रामबहादुर रसाइलीले निर्देशन गरेको ‘अपांगको पीडा’, दिनेश खड्गी शाहीले निर्देशन गरेको‘लाइफ डजन्ट रिवाइन्ड’ पनि प्रदर्शन हुने क्रममा छन् ।नेपाल पानोरमाकै सर्ट फिल्मको प्रतिस्पर्धामा सुसन प्रजापतिले निर्देशन गरेको ‘लाज’, कला संग्रौलाले निर्देशन गरेको ‘बुट्टेजामा’, प्रसन्न मालीले निर्देशन गरेको ‘तिर्खा’, भीम विश्वकर्माले निर्देशन गरेको ‘शून्य’, राकेश महर्जनले निर्देशन गरेको ‘कल्ली’, सुवास गजुरेलले निर्देशन गरेको ‘हरेरामकी आमा’, सेनामा ग्याङ्बो तामाङले निर्देशन गरेको ‘झा लो’ लगायतका चलचित्र प्रदर्शन गरिने आयोजकले जानकारी दिएको छ ।

Leave A Reply

Your email address will not be published.