८० रुपैयाँ तिर्न पाँच सय खर्चको बाध्यता ट¥यो

तुलसीपुर / जस– ८० रुपैयाँ विद्युत् महसुल तीर्न करिब पाँच सय रुपैयाँ खर्च गर्न बाध्य पश्चिम दाङका स्थानीयले अबदेखि राहत पाउने भएका छन् । पश्चिम दाङको पुरन्धारा गाविस–२ हापुरेमा विद्युत् महसुल बुभ्mनका लागि अस्थायी महसुल संकलन काउन्टरको स्थापना भए पछि स्थानीयले राहत पाउने भएका हुन् । महसुल बुझाउने काउन्टर प्रत्येक महिनाको ७, १४, २१  र  २८ गते गरी चार दिन खुल्ने नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरका प्रमुख टंकराज गिरीले जानकारी दिए ।

विद्युत् लाइन पुगेको करिब १७ वर्षपछि श्रीगाउँ, बाघमारे, पञ्चकुले, धनौरी, पुरन्धारा, हेकुली गाविसका करिब ८ हजार सेवाग्राहीलाई महसुल बुझाउन सहज हुने प्रमुख गिरीेले बताए । उनका अनुसार केन्द्रको कार्यक्षेत्र रहेका जुनसुकै ठाउँका उपभोक्ताले तुलसीपुर या हापुरेमा  रहेको काउन्टरमा गएर विद्युत् महसुल बुझाउन पाउनेछन् । यसरी काउन्टरको स्थापना भएपछि अब स्थानीयलाई समयसँगै आर्थिकको बचत हुने भएको छ । २४ किलोमिटरको कच्ची सडकको यात्रा पार गरेर महसुल बुझाउन तुलसीपुर जाने समस्याबाट अब सधैंका लागि मुक्ति पाएको भन्दै स्थानीय ६४ वर्षकी देवी पुनले खुसी व्यक्त गरिन् । ‘बिहानको ७ बजेको फस्ट गाडीमा तुलसीपुर पुगेर  लाइन लागेर पैसा बुझाउनु पथ्र्यो । कहिले त पालो नआउँदा नबुझाएर पनि फर्किनुपथ्र्यो,’ विगत सम्झिँदै पुनले भनिन् ।

‘जाँदाआउँदा दुई सय रुपैयाँ गाडीभाडा, खाना र नास्ताको खर्च जोड्दा ८० रुपैयाँ बुझाउन जाँदा पाँच सय रुपैयाँ खर्च लाग्ने गथ्र्याे,’ पुनले भनिन् । अब भने  समय र पैसा दुवैको बचत भएको उनको  भनाइ छ ।

Leave A Reply

Your email address will not be published.