नदी तटबन्धका लागि भारतको ६२ करोड सहयोग

dsc_0094

काठमाडौं / रास– भारत सरकारले कमला, बाग्मती र लालबकैया नदीमा तटबन्ध निर्माण गर्न ६१ करोड ९६ लाख ३० हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ । सिँचाइ मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा सिँचाइमन्त्री दीपक गिरीलाई नेपालका लागि भारतका राजदूत रणजित रायले सो रकमकोे चेक हस्तान्तरण गरे ।

सो अवसरमा मन्त्री गिरीले नेपाल भारत सम्बन्धका विविध आयामबारे चर्चा गर्दै नदी व्यवस्थापनमा भारतबाट प्राप्त सहयोगको सराहना गरे । सो अवसरमा राजदूत रायले नेपालको विकास प्रयास र दैवीप्रकोप नियन्त्रणमा भारतको निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

Leave A Reply

Your email address will not be published.