१३ माघदेखि क्यान इन्फोटेक

काठमाडौं / रास– कम्प्युटर एसोसिएसन नेपाल महासंघले १३ देखि १८ माघसम्म काठमाडौं भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा क्यान इन्फोटेकको आयोजना गर्ने भएको छ ।

300_0930-1

विश्वमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा भएका विकास तथा नयाँनयाँ प्रविधिबारे जानकारी प्रदान गर्ने उद्देश्यले आयोजना गर्दै आइरहेको क्यान इन्फोटेकको यो २३औं संस्करण हो ।

यस २३औं संस्करणको शीर्ष प्रायोजन सुबिसु रहेको तथा एसोसिएट प्रायोजक सामसुङ रहेको हुनाले यस संस्करणको अफिसियल नाम नै ‘सुबिसु क्यान इन्फोटेक २०१७ इन एसोसिएसन विथ सामसुङ’ रहेको छ ।

प्रदर्शनीको मुख्य प्रदर्शनी हलभित्र ४९ वटा ठूला र हलबाहिर ५ वटा ब्रान्डिङ प्रदर्शनी कक्षहरू रहेका छन् भने ट्रसमा १ सय ४४, ओपन स्पेस १४ र फुुड स्टल १० गरी जम्मा २ सय २२ स्टल रहने महासंघले बताएको छ ।

प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन्स, आई सीटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट्स, सफ्टवेयर सोलुसन्स, पेमेन्ट सोलुसन्स र अन्य रहेका छन् । हालसम्म मुख्य प्रदर्शन हलभित्र शतप्रतिशत स्टल बुकिङ भइसकेका छन् भने ट्रसमा ९० प्रतिशत स्टलहरू बुकिङ भइसकेको आयोजकको भनाइ छ ।

सो अवसरमा विभिन्न कम्प्युटर, हार्डवेयर, सफ्टवेयर तथा इन्टरनेटमा विशेष छुटसहित नयाँ योजना आउने तथा सूचना प्रविधिसम्बन्धी गोष्ठीको पनि आयोजना गरिने आयोजकले बताएको छ ।

 

Leave A Reply

Your email address will not be published.