नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघको साधारण सभा

bahuudesyia

काठमाडौं / रास– नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लिमिटेडको चौथो वाषर््िाक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीले सहकारीले गरेको योगदान सरकारले उच्च मूल्यांकन गरेको बताए ।

कार्यक्रममा संघका अध्यक्ष सुरेन्द्र भण्डारीले चालू आव ०७२÷७३ मा संघले गरेका उपलब्धिहरू, भावी योजना, सम्भावना र  चुनौतीको विषयमा जानकारी गराउँदै अर्थतन्त्रको आवश्यकताभन्दा बढी बैंक, वित्तीय संस्था तथा सहकारी संस्थाहरू सञ्चालन हुनु र अस्वस्थ प्रतिस्पर्धाको कारणबाट भविष्यमा वित्तीय बजारमा आउन सक्ने,      सहकारी तथा गरिबी निवारण मन्त्रालय, सहकारी विभाग तथा डिभिजन सहकारी कार्यालयले सहकारी क्षेत्रलाई समयसापेक्ष रूपमा हेर्ने दृष्टिकोण नकारात्मक रहेको हुँदा, त्यसको कारणबाट सहकारी क्षेत्रमा समस्या आउनसक्ने बताए ।

सहकारी संघ÷संस्थाहरूको प्रवद्र्धन तथा विकासका लागि कृषि, पशुपालन तथा औद्योगिक उत्पादनमा लगानी गरी अगाडि बढ्नुपर्ने बाध्यता रहेको तर यी क्षेत्रमा लगानी गर्न कानुनी समस्याहरू रहेको हुँदा, समयानुकूल कानुन नबनेमा यसपूर्व त्यस क्षेत्रमा गरिएको लगानी संकटमा पर्ने र त्यसको कारणबाट सहकारी क्षेत्रमा  समस्या पर्नसक्ने प्रस्तावित सहकारी विधेयक ०७३ अगाडि बढाएको र सहकारी अभियानले दिएको सुझावलाई समावेश नगरी सो विधेयक पारित भएमा सहकारी क्षेत्रको विकास तथा विस्तारमा समस्या पर्नसक्ने उल्लेख गरे ।

कार्यक्रमा राष्ट्रिय सहकारी संघका अध्यक्ष एवं सांसद केशव बडाल, एमालेका सांसद पशुपति चौलागाईं, पूर्वमन्त्री एवं एमाले नेता राजेन्द्र पाण्डेलगायतले बोलेका थिए ।

Leave A Reply

Your email address will not be published.