सुकृति बहुउद्देश्यीय सहकारीको साधारण सभा

काठमाडौं / रास– सुकृति बहुउद्देश्यीय सहकारी संस्थाको १०औं साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ । सांसद अम्बिका बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो साधारण सभा संस्थाका कार्यकारी अध्यक्ष पृथ्वीमान सिंह बस्न्यातको सभापतित्वमा सम्पन्न भएको हो ।

सभाका विशेष अतिथि एवं नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशन एवं समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका पूर्वआयुक्त सुशीलराम माथेमा तथा नेपाल राष्ट्र बैंकका पूर्वनिर्देशक वसन्त शाक्यको उपस्थिति रहेको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष बस्न्यातले वार्षिक प्रतिवेदन पेस गरेपश्चात् प्रमुख अतिथि माननीय सांसदबाट संस्थाले प्रत्येक वर्ष विपन्न महिला वर्गलाई सीपमूलक व्यावसायिक तालिम प्रदान गरी विपन्न महिला वर्गको जीवनस्तर उकास्नमा गरेको योगदानको प्रशंसा गरिन् ।

Leave A Reply

Your email address will not be published.