चन्द्रागिरिमा पृथ्वीनारायणको मूर्तिचित्र अनावरण

chandragiri

काठमाडौं / रास– पृथ्वीनारायण शाहको २९५औं जन्मजयन्तीको अवसरमा चन्द्रागिरि हिल्स लिमिटेडको टप स्टेसनस्थित भालेश्वर मन्दिरनजिकै पृथ्वीनारायण शाहको मूर्तिचित्र स्थापना गरिएको छ । चन्द्रागिरि हिल्स लिमिटेडद्वारा निर्मित मूर्तिचित्र प्रधानसेनापति राजेन्द्र क्षत्रीले अनावरण गरे ।

चन्द्रागिरि पर्वत पृथ्वीनारायण शाहको एकीकरण अभियानसँग सम्बन्धित रहेकाले उनको सम्झनामा मूर्तिचित्र निर्माण गरिएको कम्पनीले बताएको छ । पृथ्वीनारायण शाहले चन्द्रागिरि डाँडाबाट उपत्यकाका तीनै सहरको दृश्यावलोकन गरी एकीकरणको योजना बनाएको उनको दिव्योपदेशमा उल्लेख गरिएको छ ।

चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले विगत सात वर्षदेखिको अथक मिहिनेत र निरन्तरको परिश्रमपछि परियोजना सम्पन्न भएको जानकारी दिँदै परियोजना निर्माणमा स्थानीय समुदायबाट प्राप्त सहयोगको प्रशंसा गरे ।

कम्पनीका सञ्चालक हेमराज ढकालले देवादिदेव महादेवले सतीदेवीको मृत शरीरलाई बोकेर पृथ्वी परिक्रमा गर्दा सतीदेवीको भाल अर्थात् निधार पतन भएर भालेश्वर महादेव उत्पत्ति भएको भन्ने कुरा स्वस्थानी कथामा वर्णन गरिएकाले धार्मिक पर्यटनका दृष्टिले पनि चन्द्रागिरि महŒवपूर्ण रहेको विचार व्यक्त गरे ।

Leave A Reply

Your email address will not be published.