लिबर्टी इनर्जीको साधारण सभा

liberty

काठमाडौं / रास– लिबर्टी इनर्जी कम्पनी लिमिटेड थापाथली, काठमाडांैको सातौं वार्षिक साधारण सभाले आगामी ४ वर्षका लागि कुशकुमार जोशी, डा. आत्माराम घिमिरे, सुशील थापा, रामबहादुर पाण्डे र राजेन्द्र बस्तीलाई निर्विरोध निर्वाचित गरेको छ ।

साथै निर्वाचित सञ्चालकहरू मध्येबाट सञ्चालक अध्यक्षमा कुशकुमार जोशी र प्रबन्ध सञ्चालकमा डा. आत्माराम घिमिरे नियुक्त भएका छन् । कम्पनीले २ वटा जलविद्युत् आयोजनालाई अगाडि बढाइरहेको छ । तीमध्ये लमजुङमा रहेको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजना २५ मेवा क्षमताको रहेको छ । सो आयोजनाको निर्माण कार्य करिब ३० प्रतिशत सम्पन्न भइसकेको र ०७५ असारसम्ममा आयोजना निर्माण सम्पन्न गर्ने सो अवसरमा जानकारी दिइयो ।

साथै बागलुङ र गुल्मी जिल्लामा रहेको बडिगाढ खोलामा २१ मेवा क्षमताको बडिगाढ खोला जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमति पत्र प्राप्त गरी अध्ययनको कार्य गरिरहेको छ ।

Leave A Reply

Your email address will not be published.