जब यूएईमा एउटा नेपाली दम्पतीको खुसी लुटियो, सहयोगको याचना

16295739_1878237929078383_182113663_n

मोहन बस्याल/यूएई

सन् २००७ मा रोजगारीका लागि यूएई आएका खोटाङ बामराङ ६ झिसेपुलका लोकेन्द्र श्रेष्ठले सन २०१० मा आफ्नी श्रीमती देवी लामालाई पनि यूएई ल्याए । दुबैजना अजेदिया गु्रपको पल रेष्टुरेन्टमा काम गर्दै आएका थिए । लोकेन्द्र फुड सुपरभाइजर र देवी क्यासियर थिइन् । छ महिनाअघि देवी गर्भवती भएपछि दुबैको जीवनमा थप खुशीयाली थियो । पहिलो गर्भ भएकाले दुबै जना सम्बेदनशील थिए । महिनामा एक पटक स्वास्थ्य परीक्षण गरे हुने भएपनि उनीहरुले महिनामा दुई पटक स्वास्थ्य परीक्षण गराउदै आएका थिए । आहार बिहारमा पनि राम्रै ध्यान दिँदै आएका थिए ।

अचानक बज्रपात

जनवरी १६ आईतबारका दिन देवीलाई अचानक अस्वस्थ भएको महसुस भयो । करामामा रहेको बेलहोल क्लिनिकमा लगे । बिरामीको अरु अवस्था सबै सामान्य थियो तर ज्वरो घटेन । बमिट पनि भयो । बुधबार दिउसो ३ बजे सम्म बच्चाको अवस्था राम्रो छ । बुधबार देवीलाई अचानक ढाडमा दुखेको महसुस हुन्छ । उनको हालत चिन्ताजनक देखिन्छ । त्यसपछि थप उपचारका लागि उनलाई अस्तर अस्पताल पुरयाइन्छ । बिहिबार डाक्टरले बिरामी र बच्चा दुबैको अवस्था चिन्ताजनक रहेको जानकारी दिएपछि लोकेन्द्रले चारैतिर अन्धकार देखे । भगवानसँग खुशी नलुट्न बिन्ती गरे । डाक्टरले आमाका लागि औषधी चलाउदा बच्चाको ज्यान जान सक्ने बताएपछि लोकेन्द्रले मुटुमा गाँठो पारेरै भएपनि औषधी चलाउन अस्पताललाई अनुमति दिए । शुक्रबार बिहान ८ बजेर ४० मिनेटमा डाक्टरको टोलीले बच्चा अप्रेसन गरि निकाल्यो । जावेलअली लगेर हिन्दु परम्परा अनुसार दाहसंस्कार गरेको उनले सुनाए ।

q

देवीलाई समस्यै समस्या

छ महिनासम्म हरेक पन्ध्र दिनमा चेकजाँच गराउदा आमा र बच्चाको अवस्था सामान्य रहेको बताइदै आएको थियो । अहिले अस्तर अस्पतालको आईसि युमा रहेकी देवीमा डाक्टरले समस्यै समस्या देखाएका छन् । लोकेन्द्रका अनुसार देवीमा मुटु, फोक्सोमा समस्या छ । कलेजो र किड्नीमा पनि थप समस्या आउन सक्ने जोखिम देखाएका छन् । लगातार उपचार गर्दा पनि स्वास्थ्यमा सुधार नआई रहेको अवस्थामा डाक्टरहरुले रगतमा फंगस (ढुंसी)को समस्या रहेको औल्याएका छन् । अस्पतालले नाक र घाँटीका दुई छेउबाट कृतिम विधिबाट औषधी तथा शरिरका लागि चाहिने आवश्यक तत्व पठाइरहेको छ । अब फेरी घाँटीको अगाडिबाट प्वाल पारेर सबै त्यहीबाट दिने अस्पतालले तयारी गरेको छ । त्यो भए सास फेर्न सजिलो हुने र दुखाई कम हुने उनको विश्वास छ ।

गंगालालमा लैजान चाहन्छु

विरामीको स्वास्थ्यमा सुधार आउदा भन्दा झन झन कमजोर भएको देखेर अत्तालिएका लोकेन्द्रले मिनट मिनटमा भगवानको पुकारा गरि रहन्छन् । डाक्टरले प्रयास गरिरहेका छन् अव भगवानकै आश छ । तपाई पनि पुकारा गरि दिनु, उनले भने ।

उपचार गराइरहेको अस्पतालबाट डिस्चार्ज पाए नेपालको गंगालाल अस्पतालमा लगेर उपचार गराउने चाहना भएको उनले सुनाए । मलाई विश्वास छ मुटुको जस्तो सुकै समस्या भएपनि गंगालालमा लगेपछि निको हुन्छ, उनले आशा र विश्वास सुनाए ।

खर्चको चिन्ता

उपचारका क्रममा अहिले सम्म अस्पताल र फार्मेसीको गरी एक लाख दिराम बराबरको बिल बनिसकेको लोकेन्द्रले सुनाए । बिलको दश प्रतिशत बिरामीले र बाँकी विमा कम्पनीले बेहोर्ने भएपनिविमाका शर्तले नसमेटेका सबै खर्च बिरामीलेनै बेहोर्नुपर्छ । बिमाले सिमित रकम सम्म मात्र बेहोर्ने भएकाले विमाले समेट्ने भन्दा माथीको खर्च पनि आफैले तिर्नु पर्ने लोकेन्द्रले सुनाए । आठ दश हजारसम्म मैले तिर्न सक्छु तर त्यो भन्दा बढि कसरी तिर्ने भन्ने सोच्न पनि सकेको छैन, उनले भने । अहिले खाली सास जोगाउनका लागि भगवानसंग प्रार्थना गरि रहेको छु । बचाउन सकियो भने यहाँ रहेका नेपाली दाजुभाईको सहयोग लिएर भने पनि नेपाल लैजान्छु उनले भने ।

सहयोग तथा समन्वयका लागि
लोकेन्द्र श्रेष्ठ
०५६४७०८८०२
०५५१९४१४८९

Leave A Reply

Your email address will not be published.