मनाइयो सोनाम ल्होसार

राजधानी समाचारदाता
काठमाडौं, १५ माघ

देशभरका तामाङ समुदायले शनिबार एकसाथ सोनाम ल्होसार मनाएका छन् । तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाको दिन सोनाम ल्होसार मनाउँदै आएका छन् । यो उनीहरूको प्रमुख सांस्कृतिक चाड हो । मञ्जुश्री क्यालेन्डरअनुसार शनिबारदेखि नै बाँदर वर्ष समापन भई चरा वर्ष प्रवेश गरेको छ । परम्पराअनुसार जम्मा १२ वटा  ‘ल्हो’ अर्थात् वर्ग हुन्छ । जसमा बाँदर, चरा, मुसा, बाघ, बिरालो, घोडा, सुँगुर, गोरु, खरायो, भेडा, सर्प र ड्रागन हुन्छन् । वर्ग फेरिने समय नै ल्होसार हो ।ल्होसार तामाङका अतिरिक्त, गुरुङ र शेर्पा समुदायले पनि विशेष रूपमा मनाउने गर्छन् । गुरुङ समुदायले हरेक वर्ष १५ पुसमा र शेर्पा समुदायले फागुनमा ल्होसार मनाउ“छन् ।

_mg_2901
सोनाम ल्होसारको अवसरमा छरछिमेक, साथीभाइ आफन्त भेला हुने, सरसफाइ गर्ने, मीठामीठा परिकार बनाई खाने र खुवाउने गरिन्छ । पछिल्लो कालमा ल्होसारको अवसरमा आपसमा शुभकामना दिने प्रचलन पनि  बढेको छ । सोनाम ल्होसारको अवसरमा सरकारले सार्वजनिक बिदासमेत दिन थालेको छ । तर, शनिबार स्वतः सार्वजनिक बिदा परेकाले यस वर्ष सोनाम ल्होसारका लागि मात्रै सार्वजनिक बिदा परेन । यसै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाललगायतले शुभकामना सन्देश दिएका छन् ।

त्यस्तै, शनिबार राजधानीको टु“डिखेलमा नेपाल तामाङ घेदुङको आयोजनामा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गरियो । जसमा काठमाडौं उपत्यका र आसपासका तामाङ समुदाय परम्परागत वेशभूषामा सजिएर ल्होसार मान्न भेला भए ।ल्होसारको सांस्कृतिक सभामा प्रधानमन्त्री दाहालले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङको खुलेर प्रशंसा गरे । उनले आपूmले केही वर्षदेखि घिसिङलाई उचित जिम्मेवारी दिन खोजिरहेको पनि खुलाए ।

_mg_2901_mg_2903 _mg_2907 _mg_2918 _mg_7169
‘नेपाल जलविद्युत् र पर्यटनमा अथाह सम्भावना बोकेको मुलुक हो, लोडसेडिङ अन्त्य र विद्युतीकरण गरेर मात्रै देशमा समृद्धि हासिल गर्न सकिन्छ,’ उनले भने, ‘कुलमानजीको क्षमता र इमानदारितालाई मैले एक÷दुई वर्षयता नजिकबाट हेरिरहेको थिएँ । र, कतिबेला मौका मिल्ला र उहाँलाई उचित जिम्मेवारी दिन सकिएला भन्ने खोजीमा थिएँ ।’ प्रधानमन्त्री दाहालले सरकारले घिसिङलाई प्राधिकरणको कार्यकारी प्रमुख बनाएको स्मरण पनि गरे । हाल राज्यको उच्चपदमा महिला र आदिवासी जनजाति रहेको समेत उनले उल्लेख गरे । कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई, नेकपा माओवादी क्रान्तिकारी अध्यक्ष मोहन वैद्य, संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, कांग्रेस नेता कपिल लामा, एमाले सांसद शेरबहादुर तामाङलगायत सहभागी थिए ।

Leave A Reply

Your email address will not be published.