डीएसपीलाई जय नेपाल नभन्दा ट्राफिक प्रहरी हवल्दारलाई युनिफममै हत्कडी लगाएर कुटियो

nepal-police-logo

राजधानी संवाददाता
दाङ, २५ माघ

‘जय नेपाल’ नगरेको झोकमा प्युठान प्रहरी प्रमुख डीएसपी रञ्जितसिंह राठौरले ट्राफिक प्रहरी हवल्दार त्रिचन्द्र डिसीलाई निर्घात कुटपिट गरेका छन् । जिल्ला प्रहरी कार्यालय प्युठानको हिरासतमा चार चार घण्टा राखेर डिएसपी राठौरले उनलाई कुटपिट गरेका हुन् । कुटाइबाट प्रहरी हवल्दार डिसीको बाँया हातमा निलडाम हुने गरी चोट लागेको छ ।

ट्राफिक प्रहरी हवल्दार डिसी सोमवार दिउँसो बिजुवारको क्वाडीमा ड्युटीमा खटिएका थिए । अस्थायी प्रहरी पोष्ट बिजुवारमा कार्यरत उनलाई जिल्ला प्रहरी कार्यालयमा बोलाए प्रहरी पोशाकमै हत्कडी लगाएर मरणासन्न हुने गरी कुटपिट गरेका हुन् ।

पीडित प्रहरी हवल्दार डिसीले भने, ‘म र अर्काे एकजना क्वाडीमा नियमित चेकिङमा थियौं, म एक छेउमा जरिवाना काटिरहेको थिएँ, त्यही बेला सीडीओ साब र डिएसपी साप आउनु भएछ, काममा व्यस्त भएकाले मैले दुबैलाई देखिन, त्यसपछि जय नेपाल नभनेकै निहुँमा ममाथि अत्याचार गरियो ।’

उनले डिएसपी राठौरको निर्देशनमा हतकडी लगाएर अस्पताल लगेर उपचार गराइएको पनि बताए ।

डिएसपी राठौरले भने अनुशासनहिन काम गरेकाले कार्यालयमा बोलाएर समान्य सोधपुछमात्रै गरेको दाबी गरे । उनले कार्यालयमा पनि सोधपुछका बेला अटेरी गरेकाले हत्कडी लगाइएको प्रष्टीकरण दिए ।

Leave A Reply

Your email address will not be published.