शिरोमणि, अनि उनी र वीरशमशेर

शिरोमणि, अनि उनी र वीरशमशेर

maheshraj-pant-color

डा. महेशराज पन्त

राणाकालमा प्रख्यात अरू अरू घरानाको जस्तै, आचार्य–दीक्षितवंशको इतिहास पनि कम चाखलाग्दो छैन । त्यही आचार्य–दीक्षित खानदानका आदिपुरुष शिरोमणि (वि.सं. १८८१–१९५८)को र श्री ३ वीर (वि.सं. १९०९–१९५७, शासनकाल वि.सं. १९४२–१९५७)सँग उनको संबन्धको विषयमा यो लेख कोरिएको छ ।
जुम्लाबाट बसाइँ सर्दै आइरहेका आचार्य थरका ब्रा≈मणहरूको एक हाँगो लम्जुङ हुँदै गोरखामा बसोबास गर्न थालेको थियो । त्यहाँबाट पनि पूर्वतिर लागी नेपालखाल्डो र वरिपरि राज्य गरिरहेका मल्ल राजाको आश्रयमा जयभद्र आचार्य आए । तिनै जयभद्रका जनाति जयनारायणले काठमाडौँका राजा जयप्रकाश मल्लबाट मुडिखु–कोल्पु भत्रे ठाउँमा बिर्ता पाएकाले उनी आफ्ना ६ जना छोराहरूसँग त्यहाँ बसोबास गर्न लागे । यो कुरा ‘आचार्यवंशावली’ (प्राभाकरी–कम्पनी, काशी, १९५९, पूर्वभाग ६६ श्लोकपछिको गद्यवाक्य–७३ श्लोक)को आधारमा लेखिएको हो । बालाजुदेखि उत्तरपश्चिममा पर्ने मुडिखुका आचार्यहरूको देवालीघरमा राख्ने भनी २ वर्ष जतिअगाडि तयार गरिएको शिलालेखअनुसार ‘काठमाडौंका राजा जयप्रकाश मल्लबाट मुड्खु र डुक्रिने पानीमा १९१ रोपनी जग्गा पं. जयनारायण आचार्यलाई प्राप्त भई वि.सं. १८०७ देखि मुड्खुमा आचार्यहरुको बसोबास सुरु भएको हो’ (भरतमणि आचार्य दीक्षित, ‘कति सम्भूmँ कति बिर्सूं’, काठमाडौँ, २०७१, बायाँपट्टिको भित्री गाता) । वि.सं. १८०७ भनेको काठमाडौँका अन्तिम राजा जयप्रकाश मल्ल (वि.सं. १८२६ मा मृत्यु, राज्यकाल वि.सं. १७९२–१८२५)को पालामा पर्ने भएकोले समयको दृष्टिले यो घटना ठीक देखिन्छ ।

जयनारायणका जेठा छोरा श्रीहर्ष आचार्य २५ जना जति विद्यार्थीहरूको खाने लाउने बन्दोवस्त गरी तिनीहरूलाई आफ्नै घरमा पढाउँथे, वि.सं. १८८७ आश्विनशुक्लपञ्चमीको दिन उनी परलोक भए भनी ‘आचार्यवंशावली(पूर्वभाग ७४, १०९ श्लोक)मा लेखिएको छ । पृथ्वीनारायण शाह (वि.सं. १७७९–१८३१, राज्यकाल वि.सं. १७९९–१८३१)ले नुवाकोट जितेपछि, तर काठमाडौँ नजित्दै श्रीहर्ष आचार्यलाई लेखेको एउटा चिठी पाइएको छ (नयराज पन्त आदि, ‘श्री ५ पृथ्वीनारायण शाहको उपदेश’, जगदम्बा–प्रकाशन, ललितपुर, २०२५, ९४१–९४३ पृ.) । यो चिठी पृथ्वीनारायण शाहले जयप्रकाश मल्लका प्रजा श्रीहर्ष आचार्यलाई आफ्नो पक्षमा मिलाउन लेखेको देखिन्छ । कोल्पु नदीको किनारमा थापाटार भत्रे गाउँमा बसी यी श्रीहर्ष आचार्यले वि.सं. १८४२ मा सारेको ‘शुक्लयजुर्वेद’को पुस्तक पाइएको छ (नरहरिनाथ, ‘१७० वर्ष पुरानु वाजसनेयसंहिता’, इतिहास–प्रकाश, १ अङ्क, २०१२, ९६ पृ.) । श्रीहर्षका जेठा छोरा वीरभद्र विद्यार्थीहरूलाई पढाउने र ज्योतिषी काम पनि गर्थे । उनी वि.सं. १९०९ मा काशीवास गए (‘आचार्यवंशावली’ पूर्वभाग ७५–७६ श्लोक) ।

वीरभद्रका ३ छोरामध्ये जेठा छोरा वरपति १८ वर्षको उमेरमा काशी गई ११ वर्षसम्म प्रसिद्ध ज्योतिषी बबुआसँग ज्यौतिष पढेर नेपाल फर्के भनी ‘आचार्यवंशावली’ (पूर्वभाग ११५ श्लोक र त्यसपछिको गद्यवाक्य)मा लेखिएको छ । यी बबुआ ज्योतिषीको विषयमा सुधाकर द्विवेदी (वि.सं. १९१७–१९९५)कोे ‘गणकतरङ्गिणी’ (पद्माकर द्विवेदी, संपादक र प्रकाशक, बनारस, ई.सं. १९३३, ११३–११४ पृ.)बाट केही कुरा थाहा पाइन्छ । त्यसअनुसार त्रिस्कन्ध ज्यौतिषको, अझ फलितको ज्ञानमा बबुआको ठूलो नाउँ थियो । यिनको मृत्यु वि.सं. १८३८ तिर भयो भनी सुधाकरले लेखेका छन् । ‘ब्रिटिश सरकारको प्रतिबन्धबाट काशीमा बसिरहेका नेपालका महाराजलाई नेपाल फर्कने साइत यिनै बबुआले दिएका थिए, त्यही साइतमा काशीबाट हिँडेपछि नेपालका महाराज प्रतिबन्धबाट मुक्त भए । ती राजाले बबुआलाई नेपाल आउन वारंवार डाके पनि उनी काशी छोडेर गएनन्, पछि बबुआका छोरा जयराम त्यहाँ जाँदा धन आदिद्वारा उनले धेरै आदरसंमान पाए’ (‘गणकतरङ्गिणी’बाट मेरो उल्था) भत्रे कुरा पनि त्यहाँ लेखिएको छ । त्यहाँ ‘नेपालका महाराज’ भनेर आफ्नो दुर्विनयले गर्दा यहाँ नटिकी काशी भागेका स्वामी महाराज रणबहादुर शाह (वि.सं. १८३२–१८६३, राज्यकाल वि.सं. १८३४–१८५५)लाई भनेको हो भत्रे कुरामा शङ्का छैन ।

‘ज्योतिःसिद्धान्तमा अद्वितीय’ (पूर्वभाग ११० श्लोकबाट मेरो उल्था) र ‘सिद्धान्तको रहस्य जात्रे, त्यस्तो ज्योतिषी धेरै कालसम्म खोजी गर्दा पनि त्यस वेलाकाले कहीँ भेटेनन्’ ( पूर्वभाग ११३ श्लोकपछिको गद्यवाक्यबाट मेरो उल्था) भनी ‘आचार्यवंशावली’मा वरपतिको तारीफ गरिएको छ । श्री ५ राजेन्द्र (वि.सं. १८७०–१९३८, राज्यकाल वि.सं. १८७३–१९०४)को वि.सं १८८० मा व्रतबन्ध र विवाह हुँदा लगन लेख्ने काममा लीलानाथ पाँडे (वि.सं. १८४३–१८८९) आदि ज्योतिषीसँगै यी वरपति आचार्य पनि राखिएकाले (दिनेशराज पन्त, ‘राजज्योतिषी लीलानाथ पाँडेले तयार पारेको तिथ्यावली’, खिलशर्म–राजीवलोचनजोशीस्मारकप्रतिष्ठान, २०६४, ३५ पृ.) ज्योतिषीको रूपमा यिनको प्रसिद्धि भएको देखिन्छ । यिनै वरपतिका गर्भेटुहुरा छोरा शिरोमणि हुन् । शिरोमणि ६ वर्षको भएपछि उनकी आमा शिवमाया काशीवास गरिरहेका ससुरा वीरभद्रकहाँ दिवंगत देवर राधाकृष्णका छोरा पद्मनिधि र आफ्नो छोरा शिरोमणिलाई लिई गइन् । काशी आइपुगेको २ वर्षपछि वीरभद्रले कान्छा नाति शिरोमणिको व्रतबन्ध गरिदिए । खर्चको कारणले होला, त्यसपछि पद्मनिधिलाई नेपाल फर्काइयो । शिरोमणिले यी २ वर्षभित्र ‘यजुर्वेद’ र ‘अष्टाध्यायी’ पढिसके (‘आचार्यवंशावली’ पूर्वभाग ११९ श्लोकपछिको गद्यवाक्य, १२७–१२९ श्लोक) ।

यस्तैमा पद्मनिधि नेपालबाट फर्केर काशी आइपुगे । तिम्रो पढ्ने पालो पुग्यो, अब तिमी घर फर्क, म यहाँ बसेर पढ्छु भनी पद्मनिधिले भन्दा नेपाल फर्कने अरू मानिसहरूको साथ लगाई बुहारी शिवमाया र नाति शिरोमणिलाई बाजे वीरभद्रले नेपाल फर्काइदिए । त्यसपछि ससुराको डेरा छोडेर छोरालाई लिई शिवमाया त्यो रात काशीमै एक ठाउँमा वास बसिन् । बिहान सबेरै बाटो लाग्नुपर्नेमा शिरोमणि त गुरुकहाँ पढ्न जान्छु भनेर पो जिद्दी गर्न लागे । त्यसपछि शिवमाया छोरालाई लिई ससुराकहाँ फर्केर आइन् । तर खर्चको कारणले उनीहरूलाई आपूmसँग राख्न नसक्ने कुरा वीरभद्रले दोह¥याएर भने (‘आचार्यवंशावली’ पूर्वभाग १२९ श्लोकपछिको गद्यवाक्य) ।अनि निरुपाय भएका शिरोमणि भिक्षा मागेर आाफ्नो र आमाको पेटपालो गर्ने गरी व्याकरण पढ्नको लागि आबालब्र≈मचारी अंशुमाली शर्माकहाँ जान थाले । यस्तै प्रकारले ३ वर्ष बित्यो । पछि काशीका केही धनीमानीले महीनावारी सिधाको बन्दोबस्त गरिदिएपछि भिक्षा माग्ने टण्टा छुट्यो (‘आचार्यवंशावली’ पूर्वभाग १२९ श्लोकपछिको गद्यवाक्य–१३२ श्लोक) ।

केही समयपछि अंशुमाली शर्माले काशी छोड्दा शिरोमणिले काशीनाथ शास्त्रीसँग व्याकरण, लक्ष्मीनृसिंह शास्त्रीसँग वेदान्त आदि दर्शन र जयरामसँग ज्यौतिष पढे । त्यहाँ उनले पुराण सुनाउने काम पनि गर्न थालेकाले उनको आम्दानी क्रमशः बढ्दै गयो । त्यस वेला उनको उमेर १४ वर्षको थियो (‘आचार्यवंशावली’ पूर्वभाग १३२ श्लोकपछिको गद्यवाक्य–१३३ श्लोक) ।शिरोमणिका यी ४ जना गुरुमध्ये अंशुमाली शर्मा र लक्ष्मीनृसिंह शास्त्रीको विषयमा मैले अन्त कहीँ पढेको छैन । उनका व्याकरणका गुरु काशीनाथ शास्त्री ‘वैयाकरणसार्वभौम’को पदवीले विभूषित थिए । उनी काशिकराजकीयसंस्कृतपाठशालामा वि.सं. १८७७ देखि १९०७ सम्म अध्यापक थिए (बलदेव उपाध्याय, ‘काशी की पाण्डित्य–परम्परा’, विश्वविद्यालयप्रकाशन, वाराणसी, ई.सं. १९८३, १५४–१५७ पृ.) । शिरोमणिका ज्यौतिषका गुरु जयरामचाहिँ माथि भरखरै हामीले लेखे जस्तै, बबुआ ज्योतिषीका छोरा हुन् । यिनी ज्यौतिष, व्याकरण, न्याय र काव्य–साहित्यमा कुशल थिए, मनमनै ठूला ठूला हिसाब गर्न सक्थे, यिनी वि.सं. १९१२ तिर बिते भनी सुधाकर द्विवेदीले लेखेका छन् (‘गणकतरङ्गिणी’ १२१ पृ.) । बाबु वरपतिका गुरु बबुआ, छोरा शिरोमणिका गुरु उनै बबुआका छोरा जयराम हुनुमा दुवै बाबुछोरा नेपालसँग नजीक हुनु पनि कारण हुन सक्छ ।

प्रयागमा आमासहित कल्पवास बस्न जाँदा त्यहाँ शिरोमणिले पुराण भत्रे काम पनि गरे । त्यसपछि उनी फेरि काशी फर्की पढ्न थाले । यसरी पढ्दा पढ्दै १९ वर्षका हुँदा शिरोमणिले व्याकरणमा ‘महाभाष्य’सम्म, दर्शनमा न्याय मीमांसा सांख्य र वेदान्त तथा ज्यौतिषमा ‘सिद्धान्तशिरोमणि’ पढी सकाए (‘आचार्यवंशावली’ पूर्वभाग १३३ श्लोकपछिको गद्यवाक्य, १३६ श्लोक) । यति पढिसकेपछि आमाछोरा काशीबाट नेपाल फर्की काठमाडौँ शहरमा डेरा गरी बस्न थाले । यसै वेला वि.सं. १९०१ मा उनको विवाह भयो । त्यहाँ बस्दा उनी विद्यार्थीहरूलाई पढाउने काम गर्थे । यसरी पढ्न आउनेमा हरिभक्तका छोराहरू पनि थिए । राजदरबारमा उच्च मान पाएका हरिभक्तसँग शिरोमणिको हिमचिम बढ्दै गयो । (‘आचार्यवंशावली’ पूर्वभाग १३७–१४४ श्लोक) । पहिले पाटनका राजाको आश्रयमा रहेका, पछि गोरखाली राजाको आश्रय लिन पुगेका माथेमाहरू राणावंशको उदयसँगै राणाहरूका दरबारिया हुन पुगे । यसै क्रममा श्री ३ रणोद्दीप (वि.सं. १८८१–१९४२, शासनकाल वि.सं. १९३३–१९४२)को दरबारमा कप्तान विष्णुवीर र उनका छोरा खरदार सिद्धिवीर कर्मचारी भए (बाबुराम आचार्य, ‘अब यस्तो कहिल्यै नहोस्’, काठमाडौँ, २०५५, १६१ पृ.) । त्यही वंशका हरिभक्त (वि.सं. १८८०–१९५२)चाहिँ श्री ३ रणोद्दीपका कान्छा भाइ जर्नेल धीरशमशेर (वि.सं. १८८४–१९४१)को दरबारमा सुब्बा पदमा नियुक्त थिए । पछि धीरशमशेरका जेठा छोरा श्री ३ वीरले उनलाई सरदार दर्जा दिएका थिए (भवेश्वर पंगेनी, ‘सन्दर्भ शहीद धर्मभक्त चर्चा भाइ धु्रवभक्त’, सहिद धर्मभक्त अध्ययनप्रतिष्ठान, २०६२, १८८–१९२ पृ.) । यिनै हरिभक्तलाई ‘राजदरबारमा उच्च मान पाएका’ भनी ‘आचार्यवंशावली’मा लेखिएको हो ।

1a

वि.सं. १९०६ मा शिरोमणि सपरिवार काशी गए । तीर्थयात्रा गरिसकेपछि उनले बापूदेव शास्त्रीसँग ‘सिद्धान्तशिरोमणि’मा र अरू मुख्य ग्रन्थहरूमा नयाँ प्रक्रिया सिके (‘आचार्यवंशावली’ पूर्वभाग १४६–१५१ श्लोक) । शिरोमणिले बापूदेव शास्त्री (वि.सं. १८७८–१९४७)सँग नयाँ प्रक्रिया सिके भनी ‘आचार्यवंशावली’मा लेखिएकोको अर्थ बापूदेवको वैशिष्ट्य उनले भारतीय ज्यौतिषलाई पाश्चात्त्य ज्यौतिषसँग तुलना गरी पढाउने जस्ता कामतर्फ संकेत गरेको देखिन्छ ।
शिरोमणिले फलाना फलाना गुरुहरूसँग यति पढे, उति पढे भनी ‘आचार्यवंशावली’मा लेखिए पनि उनले घरेलु ढङ्गले केटाकेटीहरूलाई मात्र पढाएको देखिएकोले र उनका लेखरचना केही पनि नदेखिएकाले उनको विद्वत्ताको मापन गर्ने अवस्थामा हामी छैनौँ । शिरोमणिले काशीमा पढ्न सिद्ध्याउँदा काशीको राजकीयसंस्कृतपाठशाला खुलेको पनि ५२ वर्ष भइसकेको थियो । त्यति वर्ष काशीमा बिताए पनि उनी त्यस पाठशालामा पढ्न किन गएनन् भत्रे प्रश्न पनि यहाँनिर
उठ्न सक्छ ।
वि.सं. १९१३ मा नेपाल फर्केपछि शिरोमणिले पुरानै तालले विद्यार्थीहरू पढाउन थाले । त्यस्ता विद्यार्थीहरूमा पहिले जस्तै, हरिभक्तका छोराहरू पनि थिए । हरिभक्तको पहँुच जर्नेल धीरशमशेरकहाँ भएकोले उनले वेलाबखत शिरोमणिको विषयमा धीरशमशेरलाई सुनाइरहन्थे । यसरी हरिभक्तले प्रशंसा गरेकाले धीरशमशेरले शिरोमणिलाई आफ्नो दरबार खुला गरे । अनि धीरशमशेरले शिरोमणिलाई आपूmकहाँ जागीर पनि दिए । शिरोमणिसँग झन् झन् प्रसत्र भई राम्रोसँग सरसामग्रीले सजाई एउटा ठूलो पक्की घर धीरशमशेरले दान गरेर दिए । वि.सं. १९२१ देखि त्यही घरमा शिरोमणि रहन लागे (‘आचार्यवंशावली’ पूर्वभाग १५३–१५५, १६८–१६९, १७१ श्लोक) ।
वि.सं. १९२५ मा धीरशमशेर कलकत्ता जाँदा उनले शिरोमणिलाई पनि आपूmसँगै लिएर गएका थिए । वि.सं. १९३५ मा धीरशमशेर फेरि कलकत्ता जाँदा यस पाला पनि शिरामणिलाई सँगै लगिएको थियो । वि.सं. १९३६ मा कम्यान्डर–इन–चीफ भएका धीरशमशेर (‘आचार्यवंशावली’ पूर्वभाग १७१ श्लोकपछिको गद्यवाक्य, १७९ श्लोकपछिको गद्यवाक्य–१८० श्लोक) वि.सं. १९४१ मा बितेपछि पनि उनका छोराहरूसँग शिरोमणि र उनका छोराहरूको संबन्ध त्यत्तिकै कसिलो थियो भत्रे कुरा शिरोमणिका माहिला छोरा काशीनाथ (वि.सं. १९१७–१९९४)को आत्मकथा ‘भएका कुरा’ (नरेन्द्रमणि आचार्य दीक्षित, संपादक र प्रकाशक, २०३१, काठमाडौँ)बाट थाहा हुन्छ ।

‘ई.सं. १८८५ नोभेम्बर २२ तारीख तदनुसार वि.सं. १९४२ मङ्सीर ९ गतेको दिन बेलुकी शमशेरबन्धुहरू आफ्नो घरमा भेला भए । त्यस मितिमा बगावत गर्दा ज्यादै राम्रो हुन्छ भनी उनीहरूका निजी ज्योतिषीले साइत दिएका थिए’ (‘नेपाल् अन्डर् द राणा रूल्’, अक्स्फोर्ड यान्ड आईबीएच पब्लिशिङ कम्पनि, नयाँ दिल्ली, ई.सं. १९९३, १७७ पृ.बाट मेरो उल्था) भनी एड्रियन सेभर (वि.सं. २०००)ले लेखेका छन् । वि.सं. १९४२ मा श्री ३ रणोद्दीपलाई मार्न उनका कान्छा भाइ धीरशमशेरका छोराहरूलाई शिरोमणिले साइत दिएको र त्यही साइतमा गोली चलाउँदा श्री ३ रणोद्दीपको देहान्त भएको हो भत्रे कुरा मैले सानैदेखि सुन्दै आएको हुँ । यही कुरा उपन्यासकै रूपमा भए पनि धीरशमशेरका पनाति डायमनशमशेर राणा (वि.सं. १९७५–२०६७)को वि.सं. २०३० मा प्रकाशित ‘सेतो बाघ’मा लेखिएको पनि छ (८ आवृत्ति, साझा प्रकाशन, ललितपुर, २०४८, ३१५, ३१९–३२० पृ.) । शिरोमणिका जनाति कमल दीक्षित (वि.सं. १९८६–२०७३)ले डायमनशमशेरको यस कुराको खण्डन गर्ने प्रयास (‘बिर्सेको सम्झेको’, जगदम्बा–प्रकाशन, ललितपुर, २०४१, २६२–२६३ पृ.) गरे पनि श्री ३ वीरको दाहसंस्कारसम्मको कुरा परेको, दिनेशराज पन्त (वि.सं. २००६ मा जन्म)को शब्दमा ‘वीरशमशेरको मृत्यु भएपछि वीरशमशेरका कुनै प्रशंसकले वीरशमशेरका रानी छोराहरूको आग्रहमा अथवा आफ्नो इच्छाले’ तयार गरेको जीवनचरित्र (‘श्री ३ वीरशमशेरको जीवनचरित्र’, खिलशर्म–राजीव– लोचनजोशीस्मारकप्रतिष्ठान, काठमाडौँ, २०६६, १७ पृ.)मा यस कामको लागि शिरोमणिले साइत दिएको कुरा लेखिएको छ—
‘४२ साल कार्तिकसुदी १५ रोजका राती श्रीगुह्यकाली त्रीलोकी भवानीबाट बक्सीस भैबक्स्याको श्वप्नाको चीन्हको र पंडीत सीरोमणि अचार्यले दीयाको सायेत गरी आफ्ना हात बचाई वेमात्रीपट्टीका भाई जनरल डम्बरसम्सेर जङ्ग राणाबहादुरका हातबाट तेलाहारीको बषत् पारी श्री ३ महाराज रणऊदीपसीं राणालाई मराई मनोहरामा कर्णेल फौदसीं षत्री र कप्तां कुलप्रसाद राणा षटाई पठाईबक्सी श्रीजनरल जगतजङ्ग राणालाई मराई श्रीजनरल ऊपेन्द्रविक्रम् राणालाई पठाई श्रीजनरल जुद्धप्रतापजङ्ग राणालाई मराई ई ज्मा जना ३ लाई धर्म संझी आफ्नु हात बचाई वेमात्रीपट्टीका ३ दीने भाईका हातबाट श्री ५ सर्कारका हुकुंले मराई श्री ३ महाराज वीरसम्सेर जङ्ग राणाबहादुरबाट महाराजी षीतापमा र श्रीकम्यांडर ईन चीफ जनरल षड्गसम्सेर जङ्ग राणाबहादुरबाट मुक्तीयारी षीतापमा दर्सन गरीबक्सी तेसै दीन टुडीषेल्मा गै¥ह पल्टं सामेल गराई फर्जेन्टको सलामी लीबक्स्याको’ (श्री ३ वीरशमशेरको ‘जीवनचरित्र’ ३९ पृ., मूल पुस्तकका ६१–६२ पृ.) ।
शिरोमणिका सन्तानमध्ये उनका एक जना पनाति मदनमणि (वि.सं. १९७९ मा जन्म)ले मात्र रागको बहिष्कार गरेर शिरोमणिको चरित्रचित्रण गरेको मैले देखेको छु । ‘४२ साल पर्व’मा आफ्ना बराजुको सहभागिताको विषयमा उनी यस्तो लेख्छन्— ‘कमाण्डर–इन–चीफ रहँदै धीरशमशेर बिते ।

काका रणोद्दीपको हत्या गरेर वीरशमशेर श्री ३ महाराज हुन पुगेका थिए । त्यसै हत्या–कार्यको कुनै अध्यायमा शिरोमणि आचार्यको सहभागिता रहेको कुरा जनश्रुति र मलाई मेरो पिताले बताएका घटना विवरणबाट थाहा हुन्छ मात्र होइन काशीनाथ आचार्यले लेखेका “भएका कुरा”बाट समेत पुष्टि हुन्छ, यद्यपि त्यो पुस्तकमा निकै परोक्ष तवरमा मात्र त्यो पुष्टि भएको फेला पार्न सकिन्छ’ (‘शिरोमणि आचार्य दीक्षितको पनाति’, ‘समकालीन साहित्य’ २० पूर्णाङ्क, २०५२, १६ पृ.) । मदनमणिको केही समयअगाडि मात्र छापिएको एउटा लेखमा रणोद्दीपको घातको लागि शिरोमणिले साइत दिएको कुरा अझ स्पष्टसँग लेखिएको भए पनि अहिले त्यो लेख मैले भेट्टाउन नसकेकोले त्यसको उद्धरण भने यहाँ गर्न सकिएन । काशीनाथको ‘भएका कुरा’बाट रणोद्दीपको वधमा शिरोमणिको सहभागिता भएको कुरा परोक्ष तवरबाट पुष्टि हुन्छ भनी मदनमणिले लेखेकाले अब त्यो पुस्तक पल्टाई हेरूँ—
‘तहापछी कार्तिक शुक्लमा श्रीकाहिला मैञावाट उभयतोमुखि गाइ दान गर्छु भनि गाभिन गाइ २।४ दिनभित्रमा व्याउने ल्याइ उहि नारानहिटीमा राखेको थियो । मैले त्यो गाइ दान गराउन गर्ने भयाकोले गाइ दान लिने वाहुनलाइ स्मेत राखि नारानहिटीमा सुतदथें ।‘कार्तिक शुदी १५ का दिन सो काम गर्ने ठीक भयेछ । सो दीन श्रीदाज्यै र म चाकरीमा नारानहिटीमा गयाका थियौं । वेहान श्री ज. भीमबाट सवारीमा लैजाने पोसाकहरू नजर गर्न लागीवक्सीयो । नजर्हुदै यो पनि भयेन यो पनि भयेन भत्रे मर्जि हुने, मनमा के के कुरा लि वक्सेको जस्तो थियो । चिन्ता पनि गरी वक्सेको थियो । रातिको सपना मलाई मजिं भयो । वेहानपख झुलमा छाया परी ४ वाहु भयाका नारायणको प्रतक्ष दर्शन भयेछ मलाई साह्रै आश्चर्य लाग्यो । इश्वरेच्छा कस्तो हुदो रहेछ यसै दीन राति श्री.ज. वीरले पनि स्वप्नमा श्री गु≈येश्वरीको कुण्डबाट जलको धारा निस्की श्री वीरको शिरमा परेछ । बेहान वाहाले श्री पिताजीलाइ डाकि स्वप्न वताई वकसनु भएछ । पिताजीको सामनेमा मुहारबाट अब यो काम सिद्धिने भयो भत्रे मर्जि भयेछ, काम भने केही खोली वक्सीयेनछ । पिताजीले भत्रुभयो’ (९ पृ.) । धीरशमशेरको आश्रयमा रही धनमान कमाएका शिरोमणि आफ्ना ‘अत्रदाता प्रभु’ (‘भएका कुरा’, ७२ पृ.) धीरका सन्ततिको पक्षमा हुनु स्वाभाविक नै हो । यसैले यस गोत्रहत्याको लागि साइत दिन उनी मजबूर भए कि जस्तो मलाई लाग्छ ।

वीरशमशेरलाई मार्न उनका भाइ खड्गशमशेर (वि.सं. १९१७–१९७८)लाई साइत दियो भत्रे बात शिरोमणिलाई लागेको कुराको पनि यस प्रसंगमा संझना हुन्छ । यो कुरा हरिभक्त माथेमाका छोरा भागवतभक्तले फैलाएका रहेछन् । भागवतभक्तका गुरु शिरोमणि भए पनि दरबारिया दाउपेचमा शिरोमणिलाई नीचा देखाउन उनले यस्तो हल्ला फिँजाएको हुन सक्छ । वि.सं. १९४४ मा श्री ३ वीर कलकत्ता जाँदा खड्गशमशेर रोल काटिई धपिएको १० महीना जति भइसकेको थियो । वि.सं. १९४३ फागुनमा नै काशीवास गइसकेका शिरोमणि श्री ३ वीरसँग भेट गर्न कलकत्ता आउँदा कुरैकुरामा शिरोमणिलाई यस विषयमा श्री ३ वीरले भनेको र उनले जवाफ दिएको कुरा काशीनाथले यसरी लेखेका छन्— ‘श्रीपिता माताको दर्शन गरें । साह्रै खुसि हुनुभयो ।

कलकत्तामा श्री ३ महाराजबाट हुकुम भयाको कुरा गर्नुभयो । ठुलो निगाह भयेछ । हुकुम भयेछ तपाञीले माहिलालाइ मलाइ मार्ने सायत हेरि दिनु भयाको थियो रे कसो हो, भत्रे हुकुम भयेछ । म के विन्ति गरौं सर्कारको अवतारस्वरूप भै वक्सेको छ सर्कारको तजवीजबाट पनि त्यो कुरा हो भत्रे ठहराइ बक्सेको छ भने हो, अरू सबुत म के विन्ति गर्न सकदछु । मेरा अत्रदाता प्रभुका छोराहरू सव वरावर, कसैको असल कसैको खराव चित्तमा पनि कल्पना आउदैन, भनि विन्ति गरनु भयेछ । मलाइ त प्रतित लागेको छैन, यसैले मलाइ भनेको भनि भागवतभक्तलाइ देखाइबक्सेछ । उनि पनि उहि रहेछन । के कुरा जाहेर गरेको, ४ अक्षर पढेको गुरुद्रोह ग¥यौ । बडा छोटो प्रकृतिका रहेछौ । यस्तो सर्कारको हजूरिया भयेर यस्तो नभयेको कुरा कल्पना गरेर विन्ति चढाउनु कस्तो पाजीपन हो । किराले हिरा विगारेछौ । यस्तै कुराले हीरा जस्तो भाइलाइ सर्कारले त्यागीबक्सनुभयेको रहेछ, भनि भत्रुभयेछ । पिताजीले गर्मिपन गरी रूँदै यो कुरा गरेको सुनेर, भो भो, चुप लाग्नोस पण्डितजी, मेले त्यो कुरा पत्यायेको छैन, भत्रे हुकुम भयेछ । भागवतभक्तले केही बिन्ति गर्न सकेनछन । यस्तै सबै कुरा गर्नुभयो’ (‘भएका कुरा’ ७२ पृ.) । काजी भागवतभक्त माथेमा (वि.सं. १९५४ मा मृत्यु) श्री ३ वीरका कतिसम्म भित्रिया थिए भत्रे कुराको अनुमान भागवतभक्तका छोरा आदिभक्त (वि.सं. १९३७–२०१६) गर्भैमा हुँदा उनलाई श्री ३ वीरले सुब्बाको दर्जा दिएको (‘सन्दर्भ शहीद धर्मभक्त चर्चा भाइ ध्रुवभक्त’, १३१ पृ.) र भागवतभक्त परलोक भएको दिन अड्डाखानामा बिदा दिएको (‘श्री ३ वीरशमशेरको जीवनचरित्र’ ६०–६१ पृ.)बाट मात्र पनि गर्न सकिन्छ । शहीद धर्मभक्त माथेमा (वि.सं. १९६६– १९९७) यिनै भागवतभक्तका नाति र आदिभक्तका छोरा हुन् भत्रे कुराको संझना यस संदर्भमा हुन्छ ।

शिरोमणि आचार्यले काशीमा महामहोपाध्याय गङ्गाधर शास्त्री (वि.सं. १९१०–१९७०) र वामनाचार्यको अगुवाइमा वि.सं. १९५५ मा नामी याज्ञिकहरूद्वारा सोमयाग संपत्र गरे । त्यसपछि उनलाई अत्यग्निष्टोम, चयन, सौत्रामणि आदि यज्ञ गर्ने इच्छा जाग्दा अर्कोन वर्ष उनले ती महायज्ञ पनि संपत्र गरे । यस विषयमा काशीनाथले यस्तो लेखेका छन्— ‘५६ साल लाग्यो । श्रीपिताजीबाट पौण्डरीक यज्ञ गर्ने कुरा शास्त्रीजीहरूसित गर्नुभयेकोमा शास्त्रिजीहरूले सवै कुरा हेरी कुन यज्ञ हुन यस मौकामा ठीक होला, वन्दोवस्त पुग्लान, ऋत्विक तयार होलान, भन्ने विचार गरी, सलाह मिलाइ, सर्वपृष्टाप्तोर्याम यज्ञ गर्नलाइ ठीक हुन्छ, अहिले पौण्डरीक हुन सकदैन, भन्ने कुरा श्रीपिताजीसित आयेर गरेछन् । श्रीपिताजीबाट पनि मन्जुृर भयेछ, र मलाइ लेखनुभयेको रहेछ । सो चयन शौत्रामणि वायव्यपशुयागहरूलाइ १६ हजार रू. लाग्ने भयेछ । सो कुरा श्री ३ सर्कारमा जाहेर गरिदे भनेर लेखनुभयाकोले जाहेर गरें । श्री ३ पनि वैदिक मार्गको उद्धार गर्नलाइ विष्णुकै अवतार भयेको रहेछ भत्रलाइ अत्युक्ति नहुने गरी हुकुम भयो, कति खर्च लाग्छ रे, भन्ने । मैले यी यज्ञहरूलाइ १६००० लाग्ने रहेछ भनि २००० वढायेर विन्ति गरें । हुन्छ, गर, भन्ने हुकुम भयो । यी यज्ञहरू गर्नलाइ सोमयज्ञ नगरेकालाइ अधिकार हुदो रहेनछ सोमयज्ञ गर्नलाइ अग्निहोत्र नलियेकालाइ अधिकार हुदो रहेनछ । यज्ञमा काम यस्तो हुदो रहेछ, विधि यस्तो रहेछ, भन्ने सबै कुरा तेस मौकामा पनि जाहेर गरें ।

‘श्री ३ वाट पनि इ सव कुरा सुनिवक्सी, पूर्ण श्रद्धा गरिवक्सीयो, र श्री ३ कां. व. महारानिलाइ नजर भयेर सुस्त सुस्त के के हुकुम भयो वाहावाट पनि शिरको इसाराले मनजुरी देखाइवक्स्यो । तहापछी, ये काशिनाथ, इ सव यज्ञहरू म गर्दछु । तर सोम नगरी हुदो रहेनछ भने सोम पनि अर्को गर्ने वन्दोवस्त गर । सोम गर्नलाई थप खर्च कति चाहिन्छ, हुकुं भयो । महाराज, श्रीपिताजीले पोर गर्नुभयेको सोममा भने १४००० खर्च लाग्यो । ठुलो समारोहले गर्नुभयेकोले, सामान्य तौरले सोम गर्नलाइ ६००० ले हुदो रहेछ, भत्रे विन्ति गरें । हुन्छ यहि खर्च ठीक छ, भडक गर्नु किन प¥यो, विधिसितको पो मतलव राखनुपर्दछ, अव चयन शौत्रामणि वायव्यपशुलाइ १६ हजार सोमलाइ ६ हजार गर्दा २२ हजार तिमिलाइ चाहियो, हो कि ? भत्रे हुकुम भयो । हो, सर्कार, भनि विन्ति गरें । उत्तिखेरै २२ हजारको नोट, एक हजारको दर्को वाइस नोट् वक्स भयो । लौ, वुढावाजेकाहा पठाइदेउ । अरू सराजाम पनि जे जे माग्छन् पठाइदेउ, भत्रे हुकुम भयो । कस्तो श्रद्धा, कस्तो दया विवेक † फेरी हुकुं भयो, यो कुरा कसैलाइ नभन्नु । वुढाले गरेको भत्रे सवैका दिलमा परोस, वुढालाइ मात्र सबै कुरा सुनाउनू, भत्रे हुकुम भयो’ (‘भएका कुरा’, १५९–१६० पृ.) ।

धर्मभीरु वीरशमशेरलाई गोत्रहत्याको तापले पिर्दा गोत्रहत्याका प्रायश्चित्तका लागि उनले गरेका अरू धर्मकर्म जस्तै शिरोमणि आचार्यले गरेका यी यज्ञ पनि त्यही प्रायश्चित्तका कडी हुन् भनी भन्न नसकिने होइन ।

‘श्री ३ महाराजबाट पनि त्यो यज्ञ आफ्नै गराइ सव खर्च वक्सेकोले, दीक्षा पनि लिवक्सेको भये हुने, सो गर्नलाइ काल वखत राजकाजले नहुने, त्यस्तो कुरा विन्ति पनि गर्न नहुने, त्यो यज्ञको पूर्ण फल वाहालाइ नै हवस भत्रे पिताजीको इच्छा पनि हुनाले वाहाको प्रतिनिधि गराइ कुशको र सुवर्णको प्रतिमूर्ति वाहाको एक सिंहाशनमा राखि पूजा भयो । रोजरोजको कृत्य वेलुका काम सकेपछी वाहालाइ श्रीपिताजीबाट जाहेर गर्नुहुन्थ्यो’ (‘भएका कुरा’ १६९ पृ.) ।
खर्च सबै आफूले बेहोरी ‘यो कुरा कसैलाइ नभन्नु । वुढाले (शिरोमणिले) गरेको भत्रे सवैका दिलमा परोस, वुढालाइ मात्र सबै कुरा सुनाउनू’ भनी वीरशमशेरले भनेकाले पनि शिरोमणि परिस्थितिवश यज्ञका निमित्तमात्र यजमान भएका हुन् कि जस्तो मलाई लाग्छ ।
काशीमा पढ्दै गरेका हेमराज शर्मा (वि.सं. १९३५–२०१०)ले त्यो यज्ञ शुरू हुनुभन्दा अगावै गौरीनाथ दीक्षित र वामनाचार्यहरूसँग यज्ञका विधिविधानका पुस्तक पढेको र ती यज्ञ हेरेको वmुरा उनले आफ्नो डायरीमा लेखेका छन् (ज्ञानमणि नेपाल, ‘पं. हेमराज शर्मा— उनका वृmति र समीक्षा’, महेन्द्र–संस्कृत–विश्वविद्यालय, दाङ, २०५७, ७७ पृ.) । ‘सबै दर्शन पढिसकेका, श्रौतक्रियाका मर्मज्ञ, नेपालका राजगुरु हेमराजले जाँगर चलाई रातोदिन नजीकमा रही देखरेख गरेर अनुग्रह गरेकोले ती ३ वटै यज्ञ खण्डित नभईकन उच्चकोटीमा पुगे’ भनी ‘आचार्यवंशावली’ (पूर्वभाग ३७५ श्लोकको मेरो उल्था)मा लेखिएको छ ।

‘यस मौकामा श्रीमाहिला गुरुज्यू पनि बनारसमा पढनलाइ राजभयाको थियो (‘भएका कुरा’, १६७ पृ.) । श्रीमाहिला गुरुज्यू श्रीगुरुराज हेमराज पण्डितज्यूबाट पनि पूर्ण दया निगाह गरीवक्सी, सारा कां एक एक गरी आफ्ना नजरले नजर गरीवक्सीनथ्यो । श्रीशास्त्रीजीहरूलाइ वीचवीचमा मिठाइहरू वक्सीनथ्यो । सारा विधिक्रमको पुस्तक लियेर राज हुनथ्यो । तेसो हुनाले विधिमा पनि न्यूनाधिक हुन पायेन होला भत्रे हाम्रो वmुरा हुनथ्यो । यज्ञ सुरू भयेदेखी कां हुनजेल रात दीन मण्डपमा राज हुन्थ्यो । चयन यज्ञ वनाउदा कम्वर कसिकन इटास्मेत आपैm बोविmबक्सीनथ्यो’ (‘भएका वmुरा’, १६८–१६९ पृ.) भनी काशीनाथले लेखेका छन् । धीरशमशेर र उनका छोराहरूको बदौलत औलादौला भए पनि पुख्र्यौली हैसियतले हेर्दा ‘टुप्पाबाट पलाएका’
(‘समकालीन सहित्य’ २४ पूर्णाङ्क, १४ पृ.) शिरोमणिले गरेको त्यस यज्ञमा कुलपरंपरादेखिको राजगुरुको वंशका हेमराजले किन चासो देखाए भत्रे प्रश्न यहाँनिर उठ्न सक्छ । आफ्ना मालिक श्री ३ वीरको लागि गरिएको, बहुव्ययसाध्य यस यज्ञमा मालिकको इच्छाले वा मालिकलाई रिझाउन हेमराज शर्मा सरीक भएको जस्तो मलाई लाग्छ ।
‘शुरूदेखि अन्त्यसम्म खुशीले यज्ञको भार बोकेका श्रीगङ्गाधर शास्त्री र श्रीवामनाचार्यलाई मृगको रौँले बनेको वस्त्रले सत्कार गरेर र हजारौँ रुपियाँ दिएर राजा (वीरशमशेर) अऋणी भइबक्स्यो’ (पूर्वभाग ३७७ श्लोकबाट मेरो उल्था) भनी ‘आचार्यवंशावली’मा लेखिएकोबाट पनि यस यज्ञको यजमान श्री ३ वीर नै भएको झल्को नआउने होइन । इत्यादि कारणले धर्मभीरु वीरशमशेरलाई गोत्रहत्याको तापले पिर्दा गोत्रहत्याका प्रायश्चित्तका लागि उनले गरेका अरू धर्मकर्म जस्तै शिरोमणि आचार्यले गरेका यी यज्ञ पनि त्यही प्रायश्चित्तका कडी हुन् भनी भत्र नसकिने होइन ।
अन्त्यमा शिरोमणिका पनाति मदनमणिले आफ्ना बराजुको विषयमा लेखेका एकाध वाक्यको उद्धरण गरेर यो लेख टुङ्ग्याउनुपरेको छ— ‘…आफ्ना भाइहरू सन्तानलाई व्यवस्थित शिक्षा दिनेमा न वीर शमशेरले न तिनका नङमासु रहेका शिरोमणि आचार्यले नै चाँहिदो ध्यान दिए । धनैश्वर्य जोर्नेमा नै ती दुवैले जीवन बिताए । वीर शमशेरले ब्र≈मलूट गर्दा शिरोमणि आचार्यले भने राज्यविरुद्ध त्यस्ता अपराधमा आफैं संलग्न नभई वीर शमशेरले दिने दानदक्षिणामा आपूmलाई सीमित राखे । … संस्कृत भाषामा नै भए पनि मेरा प्रपितामह शिरोमणिले आफ्ना पाँच छोराहरू निम्ति व्यवस्थित शिक्षाको प्रबन्ध नगरेको देखिन्छ’ (‘समकालीन साहित्य’, २० पूर्णाङ्क १६–१७ पृ.) ।

Leave A Reply

Your email address will not be published.