कपालको हाँगा फाट्ने समस्या र समाधान

कपालको हाँगा फाट्ने समस्या र समाधान

sumitra

सुमित्रा रञ्जित

किशोरावस्थादेखि कपालमा विविधि समस्या सुुरु हुन्छ । मुलतः बालिबालिका कपालको तेल मालिस गर्न रुचाउँदैनन् । उनीहरू बढीजसो तयारी जंक फुड खाने गर्छन् । सानै उमेरदेखि रसायन युक्त र सस्तो रङले कपाल रंगाउने, स्ट्रेट गर्ने, कपाल पम्प गर्ने गर्छन् । यस्ता विविध कारणले कपालको समस्या किशोरावस्थादेखि नै सुरु हुन्छ । जसमध्ये एउटा समस्या भनेको कपालको हाँगा फाट्नु पनि हो । कपाल केही भयो कि हाँगा फाट्ने समस्या देखिने गरेको छ । बेलैमा ध्यान पु¥याएको खण्डमा कपाललाई हाँगा फाट्ने समस्याबाट जोगाउन सकिन्छ । कपाललाई हाँगा फाट्नबाट जोगाउने केही घरेलु उपाय यहाँ प्रस्तुत गरिएको छ :

     कपाललाई बलियो, राम्रो र हाँगा फाट्नबाट जोगाउन बालबालिका अवस्थादेखि नै नुहाउनभन्दा अघि कपाललाई तेली मालिस गरिदिने । त्यसपछि करिब एक घण्टा राखेर कपालको स्वरूपअनुसारको स्याम्पुले कपाल धोइदिने ।

     घरेलु दही, अन्डा, कागती, अमलाको रस वा धुलो मिश्रित गर्ने । त्यसलाई लेदो बनाउने र कपालमा लगाउने । कपालमा लगाएको आधा घण्टा पनि धुने । यसो गर्दा पनि कपाल हाँगा फाट्नबाट जोगिन्छ ।

tips-and-ideas-for-better-hair-care

     काँचो घिउकुमारीलाई पिसेर त्यसको लेदो कपालमा लगाउने । यसपछि आधा घण्टा कपालमा रहन दिने । अब कपाल धुने । हप्तामा एकपटक यसो गर्नाले कपाल स्वास्थ्य हुनुका साथै हाँगा फाट्ने समस्या कम हुन्छ ।

     यस्तै, नरिवलको तेल, चैतुनको तेल मिश्रित गरेर हप्तामा एकपटक लगाएर करिब आधा घन्टा मासिल गर्ने । यसपछि तातो पानीमा तौलिया डुबाएर त्यो तातोपानीयुक्त तौलियाले कपाल बेरेर १० मिनट छाडिदिने । अनि कपाल राम्ररी धुने । यसो गर्नाले पनि कपालको हाँगा फाट्ने समस्या रोकिन्छ ।

    यदि कपालमा हाँगा फाट्नु सरु भएको छ भने नजिकको पार्लरमा गएर अनुभवी ब्युटिसियनबाट कपालको ट्रिटमेन्ट लिने । ट्रिटमेन्ट क्रिमले कपाललाई अवश्यक भिटामिन आपूर्ति गर्छ र कपाल हाँगा फाट्न कम हुँदै मुलायम एवं सुन्दर देखिन थाल्छ ।

     बजारमा पाउने राम्रो गुणस्तरको हेयर ट्रिटमेन्ट कपालमा लगाएर हप्तामा एकपटक घरमा नुहाउँदा पनि कपालको हाँगा फाट्ने समस्या घट्छ । तर, यसरी तीन हप्ता घरमै ट्रिटमेन्ट क्रिम प्रयोग गरे पनि माहिनामा एकपटक पार्लर गएर दक्ष ब्युटिसियनसँग कपालको ट्रिटमेन्ट गराउनुपर्छ ।

    नुहाउने क्रममा कपालको सेम्पु गरिसकेपछि कन्डिस्नर पनि प्रयोग गर्ने । यसो गर्दा कपाल घामबाट जोगिँदै हाँगा फाट्ने समस्यामा केही कम हुन्छ ।

Leave A Reply

Your email address will not be published.