चुनावको चुरीफुरी

चुनावको चुरीफुरी

दीपक ठकुरी

विषय प्रवेश

विजयकुमार पौडेल आधुनिक नेपाली कथायात्राको समसामयिक धारामा उदाएका यथार्थवादी कथाकार हुन् । उनको चुनाव कथा संग्रहमा १३ ओटा कथा संकलित छन्् । यी कथामा विषयगत विविधता पाइन्छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय सदस्यसमेत रहेका पौडेलले आपूmसँग सम्पर्कमा रहेका व्यक्तिका विविध चरित्रलाई जस्ताको तस्तै आप्mना कथामा प्रस्तुत गरेका छन्् । पौडेलका अधिकांश कथामा श्याम व्यंग्यको प्रयोग भएको छ । चुनाव राजनीतिक यथार्थमा आधारित कथा हो । यस कथामा वि. सं. २०४८ सालको चुनावमा भएका चन्दाको लेनदेन र लागूपदार्थको प्रयोगजस्ता अराजक गतिविधिलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ । कथामा सानाठूला गरेर ५७ वटा अनुच्छेद रहेका छन्् । चुनाव कथालाई कथाको तŒवका आधारमा निम्नानुसार विश्लेषण गरिएको छ :

कथानक

गाउँमा चुनावको प्रचारप्रसार बढ्दै गएको प्रसंगबाट चुनाव कथाको कथानकले गति लिएको छ । कथानक विकासकै क्रममा चुनावको प्रचारप्रसारमा खेटिएको गोविन्दको टोलीले चिया पसलमा केहीबेर विश्राम लिएको हुन्छ । चिया पसल्नी बुढीचाहिँ गोविन्दको पार्टीकी समर्थक हुन्छिन्् । पसल्नी बुढीले गोविन्दसँग अरू पार्टीका राम्राराम्रा पोस्टर टाँसिएका छन््, तर हाम्रो पार्टीको केही छैन भनेर गुनोसो पोख्छिन्् । गोविन्दले पसल्नी बुढीलाई आर्थिक अवस्था राम्रो नभएका कारण पोस्टरहरू छपाउन सकिएन भन्ने अभिव्यक्ति दिन्छन्् । तैपनि, बुढीको चित्त बुझेको देखिँदैन । उनको मनमा जसरी भए पनि पार्टीले आकर्षक पोस्टरहरू छपाओस् भन्ने चाहना रहेको देखिन्छ । यसैक्रममा कथाको सहायक पात्र रमेश अर्यालले पार्टीलाई पोस्टर छपाउन सहयोग गर्न सक्ने व्यक्ति रामप्रसाद रहेको कुरा बताउँछ । कथामा रामप्रसादले ‘क’ श्रेणीको अवसरवादी ठेकेदारको भूमिका निर्वाह गरेको छ । त्यतिखेर गोविन्द र उनका साथीको हृदयमा रामप्रसाद आशाको केन्द्र बन्न पुगेको छ । त्यसपछि नरेन्द्रको प्रस्तावमुताबिक उनीहरूले साँझतिर रामप्रसादलाई भेट्ने योजना बनाएका हुन्छन् । यसरी गाउँमा चुनावको चहलपहल र प्रचारप्रसार बढ्दै गएको घटनादेखि आर्थिक अवस्था कमजोर भएकाले गोविन्दको पार्टीले ठेकेदार रामप्रसादसँग चन्दा माग्न जाने योजनासम्मको घटनावली कथाको आदि भाग हो ।

election

गोविन्द आप्mना साथीसँग साँझतिर राम्रप्रसादलाई भेट्न जाँदा रामप्रसादको नोकरलाई ढोकामा देख्छ । नोकरले उनीहरूलाई रामप्रसाद पाहुनासँग वार्तालापमा मस्त रहेको जानकारी दिन्छ । त्यसपछि नोकरले गोविन्द र उसका साथीलाई घरभित्र स्वागत गर्छ । नोकरले उनीहरूलाई सर्बत टक्र्याउँछ । उनीहरू सर्बत खाँदै रामप्रसादलाई पर्खिन थाल्छन्् । रामप्रसाद निकै बेरपछि बाहिर निस्किन्छ । त्यसपछि ऊ गोविन्दसँग आत्मीयताका साथ भलाकुसारी गर्न थाल्छ । भर्खर विरोधी दलको नेता भोट र चन्दा माग्न आएको र आपूmले कुनै किसिमको सहयोग नगर्ने वाचा दिएको प्रसंग रामप्रसादले गोविन्दलाई सुनाउँछ । रामप्रसाद आप्mनै समर्थक भएकामा गोविन्दलाई खुसी लाग्छ । लामो भूमिका बाँधेर गोविन्दले रामप्रसादसँग चन्दा माग्छ । रामप्रसाद गोविन्दलाई दस हजार दिन सहमत हुन्छ । उसले रक्सीसँग भोट किन्ने उपाय पनि बताइदिन्छ, तर गोविन्दलाई उसको सल्लाह मन पर्दैन । रामप्रसादसँग बिदाबारी गरेर गोविन्द र उसका साथी प्रेस जान्छन््, अनि पोस्टर छपाउने निर्देशन दिन्छन्् ।

रामप्रसादको भाकाअनुसार पर्सिपल्ट गोविन्द चन्दा लिन रामप्रसादको घरमा पुग्छ । रामप्रसादले नोकरलाई जो आए पनि भित्र पस्न नदिनू भन्ने आज्ञा दिएको हुन्छ । नोकरले गोविन्दलाई गेटबाहिरै रोक्छ । नोकर र गोविन्दबीच कुराकानी हुँदा नोकर गोविन्दको पार्टीको शुभचिन्तक भएको रहस्य गोविन्दले चाल पाउँछ । केही बेरपछि नोकरले गोविन्दलाई प्रतीक्षा कक्षमा लैजान्छ । ऊ चिया बनाउन जान्छ । गोविन्द भित्तामा टाँसिएका तस्बिर हेर्न थाल्छ । यताउति हेर्ने क्रममा उसको आँखा नजिकैको बगैंचामा पुग्छ । त्यसपछि ऊ बगैंचातिर लाग्छ । उसलाई रामप्रसादका कुकुरले पछ्याउँछन्् । गोविन्द ती कुकुरलाई सुमसुम्याउँछ । त्यसपछि यताउति नियाल्दै हिँड्ने क्रममा गोविन्द रामप्रसाद र विरोधी दलको उम्मेदवारबीच वार्तालाप भइरहेको कोठाको झ्यालमा पुग्छ । उसले रामप्रसादबाट विरोधी दलको उम्मेदवारले दुई लाख सहयोग र सात ड्रम हरियो झोल पाउने सहमति भएको थाहा पाउँछ । उसले रामप्रसादको असली चरित्र प्रत्यक्ष रूपमा देख्छ । गोविन्दलाई रामप्रसाद र विरोधी दलको नेता जोडजोडले हाँसेको कत्ति पनि मन पर्दैन । गोविन्द चन्दा माग्न रामप्रसादको घर गएदेखि यहाँसम्मको घटनाक्रम कथाको मध्य भाग हो । कथाको यस भागले पाठकका मनमा अब गोविन्दले कस्तो कदम चाल्ला, चन्दा लिन्छ कि लिँदैन भन्नेजस्ता अनेकौं प्रश्न उब्जाएको छ । प्रस्तुत कथाको कथानकमा कौतूहलताको व्यवस्थापन राम्रो रहेको पाइन्छ ।

कथाको अन्त्य भागमा रामप्रसादको गुप्त व्यवहारले गोविन्दको मन कुँडिनु, उसले रामप्रसादबाट पाउन लागेको दस हजार रूपैयाँ नलिनु र ऊ मनमा पोस्टरको पैसा कसरी चुक्ता गर्ने भन्ने कुरा खेलाउँदै फर्र्किएकाजस्ता घटना पर्दछन्् । चुनाव कथामा उत्पाद्य स्रोतबाट कथावस्तु लिइएको छ । यस कथामा कथानकीय संगठनका आदि, मध्य र अन्त्यको आंगिक विन्यासको परिपालना गरिएको छ । प्रस्तुत कथाको कथानक ढाँचा रैखिक रहेको छ । कथाले राजनीतिक घटनालाई भन्दा राजनीतिक चरित्रलाई बढी महŒव दिएको छ ।

चरित्रचित्रण

चुनाव कथामा गोविन्द, रामप्रसाद, विरोधी दलको नेता, पसल्नी बुढी, नोकर, रामचन्द्र थारू, रमेश अर्याल, नरेन्द्र पुन, मण्डलेहरू र कुकुर पात्रका रूपमा प्रस्तुत भएका छन्् । यस कथामा मानवीय र मानवेतर पात्रको प्रयोग भएको छ । कथाले मानवीय पात्रलाई नै केन्द्रबिन्दु बनाएको छ । कथाका अधिकांश पात्रहरू राजनीतिक जीवन व्यतीत गरिरहेका छन्् । यस कथामा प्रयुक्त गोविन्द, रामप्रसाद, विरोधी दलको नेताजस्ता प्रमुख चरित्रलाई निम्नानुसार विश्लेषण गरिएको छ ः

(क) गोविन्द

गोविन्द चुनाव कथाको प्रमुख पात्र हो । राजनीतिमा लागेकै कारण उसले दस वर्षको जेल जीवन व्यतीत गरिसकेको छ । ऊ राजनीति गरेर आपूm र आप्mनो पार्टीलाई लोकप्रिय बनाउन चाहन्छ । कथामा उसले गरिब पार्टीको उम्मेदवारको भूमिका निर्वाह गरेको छ । ऊ चुनाव जित्न चाहन्छ । त्यसैले ऊ अहोरात्र प्रचारप्रसारमा लागिरहेको छ । पसल्नी बुढीले ऊसँग प्रचार सामग्रीको अभाव भएको गुनासो गर्दा उसले आर्थिक समस्याका कारण पोस्टर छपाउन नसकेको बताएको छ । ऊ आर्थिक रूपमा सबल भएको खण्डमा अरूले झैं भड्किलो चुनाव सामग्रीकोे सहयोगमा प्रचारप्रसार गर्ने देखिन्छ । उसमा नेपाली राजनीतिक परम्पराको छाप परेको छ । यस तथ्यलाई ऊ साथीहरूको सल्लाहअनुसार रामप्रसादसँग चन्दा मागेर पोस्टर छपाउन सक्रिय रहेको घटनाले पनि प्रमाणित गर्छ । कथामा ऊ ठेकेदार रामप्रसादको घनिष्ट मित्रका रूपमा पनि प्रस्तुत भएको छ । त्यसैले उसले रामप्रसादलाई चुनावका लागि आर्थिक सहयोग गर्न अनुरोध गरेको छ । गोविन्दले राजनीतिमा लागेका निम्नवर्गीय चरित्रको प्रतिनिधित्व गरेकाले ऊ वर्गीय चरित्र हो । रामप्रसादले आपूmलाई गुप्त रूपमा चुनावमा हराउन चाहेको देखेपछि उसको मन कुँडिएको छ । उसले कथाको अन्त्यमा अवसरवादी साथी रामप्रसादलाई त्यागेको घटनाले उसमा स्वार्थी र अवसरवादीहरूप्रति त्रीव घृणा रहेको देखिन्छ । राजनीतिलाई दूषित क्षेत्र बनाउन नचाहेको हुँदा ऊ सच्चरित्र हो ।

प्रस्तुत कथामाभरि उसलाई इमानदार राजनीतिक व्यक्तिका रूपमा देखाइएको छ । उसको स्वभावमा उतारचढाव नदेखिएकाले ऊ गतिहीन पात्र हो । गोविन्दबिना कथाले प्राण नपाउने हुँदा ऊ बद्ध पात्रका रूपमा प्रस्तुत भएको छ । त्यस्तै, ऊ कथामा मञ्चीय पात्रका रूपमा उपस्थित भएको छ । चुनाव कथाले नेपाली राजनीतिमा नोटले भोट किनेर चुनाव जित्ने परिपाटी रहेको तथ्यलाई उजागर गरेको छ । यस परिपाटीबाट चुनाव जित्न नचाहेको गोविन्द राजनीतिक अगुवाका लागि अनुकरणीय व्यक्ति बनेको छ ।

(ख) रामप्रसाद

रामप्रसाद कथाको सहायक पात्र हो । कथामा ऊ नकारात्मक चरित्रका रूपमा देखिएको छ । उसले कथामा मञ्चीय तथा बद्ध पात्रको भूमिका निभाएको छ । ऊ गोविन्दको घनिष्ट मित्र र ‘क’ श्रेणीको ठेकेदार पनि हो । उसले ठेक्कापट्टाबाट अथाह सम्पत्ति आर्जन गरेको छ । ऊ कथामा जोसँग पनि सम्बन्ध राखेर आप्mनो दुनो सोझ्याउने खालको अवसरवादी चरित्रका रूपमा प्रस्तुत भएको छ । उसले गोविन्दको विरोधी उम्मेदवार र गोविन्द दुवैलाई चन्दा दिने आश्वासन दिएर फुरुक्क पारेको छ । यसले उसमा वाक्चातुर्य रहेको देखाउँछ । हात्तीका दुई ओटा दाँत भनेझैं ऊ समाजमा ठेकेदारका रूपमा प्रतिष्ठित छ भने भित्रभित्र सम्पत्ति आर्जनका लागि सबथोक गर्न तयार रहेको देखिन्छ । ऊ पैसाको लागि वर्षांैदेखिको परममित्रलाई गुप्त रूपमा धोका दिन्छ । ऊ चन्दा दिएर ठेक्कापट्टा हात पार्न चाहने पैसे ठेकेदारहरूको प्रतिनिधि पात्र हो । आप्mनो भलो मात्र चाहने भएको हुँदा ऊ स्वार्थी चरित्र हो । उसले राजनीतिलाई भ्रष्ट पार्न सहयोग गरेको छ । ऊ देशमा सुशासन स्थापना भएको चाहँदैन । तसर्थ, ऊ देशद्रोही चरित्र हो ।

(ग) विरोधी उम्मेदवार

कथामा सहायक पात्रका रूपमा गोविन्दको विरोधी उम्मेदवार देखिएको छ । उसले राजनीतिक सिद्धान्त र सत्कर्मले जनताको भोट जित्न सकेको छैन । ऊ पैसा र मादक पदार्थको सहायताले जनताको समर्थन बटुल्दै हिँड्छ । कथामा ऊ मञ्चीय पात्रका रूपमा प्रस्तुत भएको छ । उसको प्रत्यक्ष संलग्नता कथामा सूक्ष्म रूपमा रहेको पाइन्छ । तसर्थ, ऊ बद्ध पात्र हो । उसले पैसा खर्च गरेर चुनाव जित्न खोज्ने नेताहरूको प्रतिनिधित्व गरेको छ ।

परिवेश

चुनाव कथाले गाउँ र सरहलाई परिवेश बनाएको छ । गाउँको चिया पसल, रामप्रसादको घर, बगैंचा र प्रकाशन गृह कथाको स्थानिक परिवेश हुन् । प्रस्तुत कथामा वि. सं. २०४८ सालको चुनावमा राजनीतिक कार्यकर्ताले तनमनले चुनावको प्रचारप्रसार गरिरहेको प्रसंगको वर्णन तथा संवादले कथाको परिवेश यही समयको हो भन्ने निश्चित हुन्छ । कथाका घटनाहरू तीन दिनभित्र सीमित रहेका छन्् । चुनावमा हुने प्रचारप्रसारको चटारोलाई कथामा जस्ताको तस्तै उतारिएको छ । सोझा र निर्धन जनतालाई रक्सी र पैसा दिएर भोट माग्ने राजनीतिक परम्परा पनि कथाको परिवेश बनेर आएको छ ।

संवाद वा कथोपकथन

चुनाव कथामा कथानलाई अघि बढाउने काम संवादबाट गरिएको छ । संवादमा नाटकीयता देखिन्छ । संवादले चिया पसले बुढी, रामप्रसाद र गोविन्द आदिका बाह्य र आन्तरिक चरित्रलाई प्रकाश पारेको छ । रामप्रसादले गोविन्दसँग गरेको संवाद हेरौं ः‘पैसाको दोस्ती हो † माथि मन्त्रीदेखि तल मण्डलेसम्म जसले कमिसन पेल्यो ठेक्का त्यसको †’

यस कथाको परिच्छेद नौदेखि चौध परिच्छेदमा पूर्व स्मृति प्रस्तुत गरेर संवादबाट रामप्रसादको परिचय दिने काम गरिएको छ । कथामा एक वाक्यदेखि लिएर पाँच वाक्यसम्मका संवादको प्रयोग भएको पाइन्छ । संवाद बोलचालको कथ्य भाषामा आधारित रहेको छ । प्रस्तुत कथामा पात्रको स्तर र सामाजिक भूमिकाअनुसारको संवादको प्रयोग भएको पाइन्छ । दृष्टिबिन्दु

कथाको प्रमुख पात्र गोविन्द कथाको समाख्याता हो । उसले ‘हामी’ सर्वनामको प्रयोगबाट चुनाव प्रचारप्रसारको गतिविधिदेखि रामप्रसादसँग चन्दा माग्न गएको घटनासम्मको कथानकलाई प्रस्तुत गरेको छ ।

यस कथामा गोविन्दले आप्mनो र अन्य पात्रको चरित्रलाई ‘हामी’ र ‘म’ सर्वनामबाट प्रस्तुत गरेको छ । रामप्रसादको दानशील स्वभावको प्रस्तुति रमेश अर्यालबाट पनि भएको छ । यहाँनेर बाह्य दृष्टिबिन्दुको प्रयोग भएको पाइए पनि बाँकी कथालाई ‘म’ पात्र गोविन्दले नै प्रस्तुत गरेको छ । ऊ कथाको भोक्ता र द्रष्टा दुवै हो । यस कथामा केन्द्रीय आन्तरिक दृष्टिबिन्दुको प्रयोग भएको पाइन्छ ।

 भाषाशैली

प्रस्तुत कथामा छोटाछोटा सरल वाक्यहरू रहेका छन्् । कतैकतै क्रियाविहीन वाक्यहरू पनि प्रयोग भएका छन्् । जस्तै ः चैत महिनाको टन्टलापुर घाम । रामप्रसाद मेरो पूरानो साथी । कथामा पोस्टर, प्रेस, ड्रम, बियर, हिसाब, पार्टी, डिस्टर्ब, फिट, गिलास जस्ता आगन्तुक शब्द रहेका छन् । चुनाव लाग्नु, गुजुप्प पर्नु, औपचारिकता मेटिनु, बियर घिचाउनु, लाइनमा आउनुजस्ता टुक्काको सफल प्रयोग भएको छ ।

 कथामा राजनीतिक यथार्थलाई प्रस्तुत गर्न यथार्थपरक भाषाशैलीको प्रयोग गरिएको छ । कथाले संवादलाई विशेष प्राथमिकता दिएको छ । चुनाव नाटकीय शैलीमा संरचित कथा हो । परिवेशको जानकारी दिँदा वर्णनात्मक शैली अपनाइएको पाइन्छ । सरल, स्वाभाविक र सुबोध भाषालाई वर्णनात्मक र संवादात्मक शैलीमा प्रस्तुत गर्दा कथाको भाषशैली चित्ताकर्षक बन्न पुगेको छ ।

सारवस्तु

कथाले चुनावमा बाहिरी चमकधमक र प्रचारबाजीलाई भोट तान्ने गतिलो उपाय बन्दै गएको यथार्थलाई प्रस्तुत गरेको छ । जनताले पोस्टर हेरेर होइन, व्यक्ति हेरेर भोट दिनुपर्ने संकेत गरेको छ । विशेषगरी, कथाले चुनावमा हुने राष्ट्रघाती सम्झौता, मादक पदार्थको प्रयोग र चन्दाको लेनदेनले राजनीति दूषित बन्दै गएको देखाएको छ । यस्ता गतिविधिबाट टाढा रहेर उम्मेदवारहरू चुनावी मैदानमा उत्रिनुपर्छ भन्ने अभिव्यक्ति नै यस कथाको सारवस्तु रहेको छ ।

निष्कर्ष

चुनाव नेपाली राजनीतिको दर्पणका रूपमा प्रस्तुत भएको छ । कथाले राजनीतिक क्षेत्रमा हुने करतुतलाई प्रस्ट पारेको छ । साहित्यक मूल्यका दृष्टिले यस कथाले राजनीतिक कथा साहित्यमा सिँढी थप्ने कामगरेको छ ।

प्रस्तुत कथाका माध्यमबाट कथाकारले नेपाली राजनीतिलाई नंग्याउने प्रयास गरेका छन् । कथामा नेपाली राजनीतिको कुरूप रूपाकृति देख्न पाइन्छ । सक्षम तथा इमानदार उम्मेदवारलाई षडयन्त्र गरेर हराइएका कारण न जनताले उन्नतिको चम्किलो घाम देख्न पाए न देशले नै । नेपाली राजनीतिमा जनताले चाहेका तथा देशलाई अग्रगतिमा डो¥याउने खालका नेतृत्ववर्गको कमी रहेकोतर्फ कथाले इंगित गरेको छ । यस कथामा झैं इमानदार तथा देशप्रेमी उम्मेदवारलाई चुनाव जिताउन सहयोग नगर्ने हो भने देश सधैं अविकासको जालोमा रुमलिरहने निश्चित छ ।

 

Leave A Reply

Your email address will not be published.