दुई पत्रकारको प्रत्यक्ष कार्यक्रम चलाईरहँदा गोली हानी हत्या

journalist-killed

सान्तो डोमिंगो/एजेन्सी– क्यारेबियन देश डोमिनिकन रिपब्लिकमा एक प्रत्यक्ष रेडियो प्रशारणका क्रममा दुई पत्रकारको गोली हानी हत्या भएको छ । तीमध्ये एक जना सो कार्यक्रम फेसबुकमा प्रत्यक्ष प्रसारणका क्रममा थिए ।

फुटेजमा प्रत्यक्ष प्रसारणका क्रममा अचानक गोली चलेपछि एक महिलाले आत्तिएर ‘गोली चल्यो, गोली चल्यो, गोली चल्यो’ भन्दै कराएको सुनिन्छ । राजधानी सान्तो डोमिंगोको पूर्वी क्षेत्रमा सो घटना भएको हो । हत्याको घटनामा ३ जनालाई गिरफ्तार गरिएको छ ।

गोली प्रहारका क्रममा घटनास्थलमा रहेका दुवै पत्रकारको मृत्यु भएको छ । जसमा एक कार्यक्रम प्रस्तोता लुइस म्यानुअल मेडिना र कार्यक्रम उत्पादक लियो मार्टिनेज रहेका छन् । गोली प्रहारको घटनामा घाइते भएकी एक महिलाको उपचार भइरहेको छ ।

पक्राउ गरिएका व्यक्तिमाथि अहिलेसम्म कुनै मुद्दा लगाइएको छैन । प्रहरीले आक्रमणको उद्देश्य प्रष्ट भइनसकेको जनाइएको छ । सन् २०१५ को अगस्टमा अमेरिकाको भर्जिनिया राज्यमा यस्तै प्रकारको आक्रमणमा दुई पत्रकारको टिभीमा प्रत्यक्ष प्रसारणका क्रममा हत्या भएको थियो ।

Leave A Reply

Your email address will not be published.