चीनमा अन्धाधुन्द चक्कु प्रहार, ८ जनाको मृत्यु

knife-attack

बेइजिङ/एजेन्सी– चीनको सिनजियाङ क्षेत्रमा चक्कु आक्रमणबाट ८ जनाको मृत्यु भएको छ । चीनको अशान्त क्षेत्र सिन्जीयाङको एक भिडमा भएको चक्कु आक्रमणमा उनीहरुको मृत्यु भएको हो । घटनामा मारिनेमा ३ जना आक्रमणकारी समेत रहेका छन् ।

मंगलबार साँझ पिसान काउन्टीमा भएको यस आक्रमणमा अन्य दश जना घाइते भएका छन् । आक्रमणका विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । सन् २०१४ को मार्चमा चीनको दक्षिणपश्चिम प्रान्त कुन्मिङमा एक रेल स्टेसनमा भएको चक्कु आक्रमणमा परी ३१ जनाएको मृत्यु भएको थियो ।

चीनको स्थानीय सरकारले जारी गरेको प्रेस विज्ञप्तिमा आक्रमणकारीलाई ‘हत्यारा’ भन्दै सम्बोधन गरिएको छ । स्थानीय सरकारले आक्रमणपछि अहिले सो क्षेत्रको अवस्था सामान्य रहेको जनाएको छ ।  घटनामा संलग्न रहेको आशंकामा ६ जना पक्राउ परेका छन् ।

Leave A Reply

Your email address will not be published.