जथाभावी लगानी गरे कारबाही हुने

काठमाडौं / रास— नेपाल राष्ट्र बैंकका गभर्नर डा. चीरञ्जीवी नेपालले बैंक तथा वित्तीय संस्थाहरूले जथाभावी लगानी गरे कारबाही हुने बताएका छन् । बैंकहरूले आक्रामक तरिकाले लगानी गरेको भन्दै अटेर गरे राष्ट्र बैंक कडा रूपमा प्रस्तुत हुने गभर्नर नेपालको भनाइ थियो ।

उनले बैंकहरूले कसरी ब्याजदर बढाइरहेका छन् र कसरी घटाइरहेका छन् भनेर राष्ट्र बैंकले निगरानी गरिरहेको बताए । उनले कसले कति ब्याजदर बढाइरहेका छन् र कसले

घटाइरहेका छन् भनेर अहिले राष्ट्र बैंकले हेरिरहेको जानकारी गराउँदै अब ब्याजदर घट्ने क्रममा रहेको बताए । राष्ट्र बैंक कडा रूपमा प्रस्तुत हुनुपरे राम्रो नहुने भन्दै उनले बैंकहरूलाई आफैं सचेत भएर अघि बढ्नुपर्ने बताए । बुधबार मुक्तिनाथ विकास बैंकको काठमाडौं केन्द्रीय कार्यालयको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

सो अवसरमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले अब आफूहरू काठमाडौं आएको र यहाँको स्थानीय बजारमा स्वास्थ्य प्रतिस्पर्धा गरी अघि बढ्ने बताए । पोखरामा प्रधान कार्यालय रहँदा लामो समय मुक्तिनाथ विकास बैंक पोखराको १ नम्बरको बैंकको पहिचान बनाएको थियो । प्रधान कार्यालय काठमाडौं सारेको अवसरमा बैंकले १० जना पूर्वगभर्नरलाई सम्मान गरेको थियो ।

Leave A Reply

Your email address will not be published.