शीतलको भिडियोमा दिलीप र अनिता

chita-ko-4

काठमाडौं / रास– नेपालमा सर्पदंशबाट बर्सेनि सयौंको मृत्यु हुन्छ । यस्तै, सर्पदंशबाट मृत्यु भएकी अबोध बालिका भतिजीको मृत्यु भएपछि त्यो पीडालाई गायक शीतल कार्कीले गीतमा उतारेका छन् । गीतमा गायक शीतल कार्कीले नै संगीत दिएका हुन् । गीतको रचना कुमार अजनबीले गरेका हुन् । यो गीत गायक कार्कीको गीतिसंग्रह ‘ओस्कार’ मा संगृहीत छ ।

भितिजीको वियोगमा उनले गाएको गीत चिताको बिछ्यौना… को भिडियो सार्वजनिक गरिएको छ । भिडियोमा अभिनेता दिलीप रायमाझी र मोडल अनिता दंगालले दम्पतीको भूमिका निर्वाह गरेका छन् ।

 ती दम्पतीको निधन भएको सन्तानको भूमिकामा बालकलाकार प्रत्यूष सुवेदी छन् । सामाजिक सञ्जाल युट्युबबाट सार्वजनिक गरिएको यो भिडियोको निर्देशन सुरेश थापाले गरेका हुन् । जसमा बुद्ध थापाको छायांकन र सुरेश राउतको सम्पादन छ ।

Leave A Reply

Your email address will not be published.