कुमारी बैंकको विशेष मुद्दती खाता

kumari

काठमाडौं / रास– कुमारी बैंक लिमिटेडले वार्षिक १२ प्रतिशत ब्याजदर उपलब्ध गराउने गरी विशेष मुद्दती खाता सञ्चालनमा ल्याएको छ । उक्त विशेष मुद्दती खातामा अग्रिम मासिक ब्याज भुक्तानी दिइनेछ ।

उक्त योजनामा न्यूनतम १ लाख मौज्दातमा ६ महिना अथवा १ वर्षसम्मका लागि मुद्दती खाता खोल्न सकिनेछ । व्यक्तिगत निक्षेपकर्ता तथा निजी संस्थाले यस योजनाबाट लाभान्वित हुन सक्नेछन् । उक्त योजनाअन्तर्गत ‘विशेष मुद्दती खाता’ सञ्चालन गर्नेलाई १ वर्षका लागि निःशुल्क भिसा डेबिट कार्ड र मुद्दती खाताको अवधिभर निःशुल्क आस्बा सुविधा पनि उपलब्ध गराइनेछ ।

 

Leave A Reply

Your email address will not be published.