जिओनी एमफाइभ लाइटमा २ हजार छुट

gionee-m5

काठमाडौं / रास– जिओनी कम्पनीले एमफाइभ लाइट मोबाइल सेटको मूल्य १७ हजार ९ सय ९९ रुपैयाँ कायम गरेको छ । यसअघि सो सेटको मूल्य १९ हजार ९ सय ९९ रुपैयाँ रहेको थियो ।

एमफाइभ लाइट जिओनीको ठूलो ब्याट्रि रहने म्याराथोन सिरिजको सबैभन्दा नयाँ मोडल हो । एमफाइभ लाइटमा पूर्ण मेटालिक, अल्ट्रा स्लिम युनिबडीमा ५ इन्चको एच डी स्क्रिन रहेको छ । फोनमा ८ मेगापिक्सेलको रियल क्यामरा र ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ । फोनमा १.३ गिगाहर्जको क्वाड–कोर प्रोसेसर छ ।

फोनको सबैभन्दा आकर्षक पक्ष भनेको यसको ४००० एम ए एचको ब्याट्री रहेको छ । यसमा ३ जीबी ¥याम र ३२ जीबी रोम (कार्डबाट १२८ जीबी थप्न सकिने) रहेको छ । फोनमा जीयोनीको आफ्नै सफ्टवेयर अमिगो ३.१, जुन एन्ड्रोइड ५.१ मा आधारित छ । एमफाइभ लाइटले एकै समयमा रिभर्स ओटीजी प्रविधिमार्फत दुई अन्य फोन चार्ज गर्न सक्छ । एमफाइभ लाइट ‘स्याम्पेन गोल्डेन’ रंगमा पनि उपलब्ध छ ।

Leave A Reply

Your email address will not be published.