यामाहा म्युजिकको सोरुम नक्सालमा

yamaha-music-3

काठमाडौं / रास– नेपालका लागि यामाहा म्युजिकको आधिकारिक विक्रेता एमएडब्लु म्युजिक प्रालिले काठमाडौंको नक्सालमा सांगीतिक उपकरण तथा प्रोफेसनल अडियो सिस्टमको सो रुम खोलेको छ । नेपालको चर्चित सांगीतिक समूह १९७४ एडीले यामाहा म्युजिक सोरुमको उद्घाटन गरेको हो । नयाँ सोरुममा यामाहा म्युजिकल इन्स्ट्र्युमेन्ट, प्रोफेसनल अडियो सिस्टम, अडियोभिडियो इक्विपमेन्टसहित अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त म्युजिकल ब्रान्ड ‘कोनिङ एन्ड मेयर’ र डी’अडारियोका एसेसिरिजहरू पनि पाइनेछ ।

नक्सालस्थित पुलिस हेडक्वार्टर पेट्रोल पम्पनजिकै रहेको नयाँ सोरुममा गितार, किबोर्ड, पक्र्युसन इन्स्ट्र्युमेन्ट, पियानो र ड्रमदेखि एम्प्लिफायर, लाइभ साउन्ड, होम थिएटर स्टेसन, सिनेमा स्टेसन र रेकर्डिङ उपकहरणसमेत पाइन्छ । सोरुममा संगीतसम्बन्धी ज्ञान भएको प्रतिबद्ध स्टाफहरू पनि हुनेछन्, जसले संगीत पारखीहरूलाई आफूले चाहेको उपकरण छान्ने मद्दत गर्नेछन् । साथै, यामाहा म्युजिक सोरुमले संगीतप्रेमीका लागि ‘टच, फिल एन्ड एक्सपिरियन्स’को व्यवस्थासमेत गर्नेछ ।

Leave A Reply

Your email address will not be published.