बर्जर पेन्ट्सको नगदपति योजना

berger

काठमाडौं / रास– बर्जर पेन्ट्सले ‘बर्जर नगदपति अफर’ ल्याएको छ । सो अफरको प्रवद्र्धनका लागि कम्पनीले नायिका प्रियंका कार्कीलाई नियुक्त गरेको बताएको छ ।

अफरअन्तर्गत लक्की ड्रमार्फत घरधनीले बम्पर पुरस्कारस्वरूप १० लाख रुपैयाँ जित्न सक्नेछन् । यसैगरी, लक्की ड्रमार्फत, २ जना घरधनीले १–१ लाख, ३ जना घरधनीले ५०–५० हजार, ४ जना घरधनीले २५–२५ हजार र १० जना घरधनीले १०–१० हजार रुपैयाँ जित्न सक्नेछन् । साथै, प्रियंका कार्की तथा विशेषज्ञहरूको निर्णायक मण्डलीले ५ क्षेत्रमा प्रत्येक क्षेत्रबाट १० उत्कृष्ट घर चयन गर्नेछन् जसबाट घरधनीले १ लाख रुपैयाँसम्म जित्न सक्नेछन् ।

जुरी च्वाइस तथा पब्लिक च्वाइस अवार्ड (बर्जरको फेसबुक पेजमा घरको फोटो अपलोड गरी सबैभन्दा धेरै लाइक पाउने घरधनी) अन्तर्गत उत्कृष्ट दुई घरधनीले १०–१० हजार रुपैयाँ, ३० सहरोन्मुख सहरका ३० उत्कृष्ट घरधनीले १५–१५ हजार प्राप्त गर्नसक्ने व्यवस्था छ । साथै, पक्का रिवार्डको रूपमा अफरमा योग्य घरधनीले १ सय वर्ग फिट सिल्क इल्युजन डिजाइनर्स फिनिस निःशुल्क प्राप्त गर्न सक्नेछन् ।

 

Leave A Reply

Your email address will not be published.