प्राइम कमर्सियल बैंक–बुम रेमिट सम्झौता

prime

काठमाडौं / रास– प्राइम कमर्सियल बैंक र बुम रेमिट्यान्स प्रालिबीच बुम रेमिटमार्फत नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम प्राइम कमर्सियल बंैकका सबै शाखामार्फत भुक्तानी गर्नुको साथै बुम रेमिट सफ्टवेयरमार्फत आन्तरिक विप्रेषण (पठाउने तथा भुक्तानी गर्ने) कार्य गर्न सम्झौता भएको छ । सो सम्झौता पत्रमा बैंकका तर्फबाट नायब महाप्रबन्धक मोती काजी तुलाधर र बुम रेमिट्यान्सका तर्फबाट प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले हस्ताक्षर गरे र बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा ४१०० वटा भन्दा बढी प्रतिनिधि छन् ।

हाल बुम रेमिट्यान्सले माल्दिभ्स र खाडी मुलुकबाट रेमिट्यान्सको कारोबार गर्दै आएको छ र चाँडै नै हङकङ, मलेसिया, कोरिया, जापान, क्यानडा, अस्टे«लिया, युरोप, इजरायल, भारत र अमेरिकाबाट समेत कारोबार सुरु गर्ने जनाएको छ ।

 

Leave A Reply

Your email address will not be published.