एनसेलको निःशुल्क फेसबुक अफर

काठमाडौं / रास– एनसेलका ग्राहकले मोबाइल फोनबाट लोकप्रिय सामाजिक सञ्जाल फेसबुक निःशुल्क चलाउन पाउने भएका छन् । यस योजनाअन्तर्गत एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले एन्ड्रोइड मोबाइल एप र ब्राउजर (प्रोक्सी बाहेक) बाट फेसबुकमा निःशुल्क आफ्नो स्ट्याटस पोस्ट गर्न, फोटो अपलोड गर्न, अरूको स्ट्याटस हेर्न, लाइक, सेयर तथा कमेन्ट गर्न सक्नेछन् ।

ncell

एनसेलको यो अफर लागू भएपछि फेसबुक पेजमा ‘गो टु फ्री’ बटन स्वतः देखिनेछ । यो बटन क्लिक गर्ने बित्तिकै एनसेलका ग्राहकले फेसबुकको निःशुल्क संस्करणबाट फेसबुक ब्राउज गर्न सक्नेछन् ।

पर्किन्स र फेसबुकको एसिया प्यासेफिक क्षेत्रकी प्रमुख प्रतिनिधि तथा ग्रोथ पार्टनरसिपकी प्रमुख आन्ना नाइग्रेनले संयुक्त रूपमा फेसबुक फ्री सार्वजनिक गरेका थिए । ९० दिनका लागि रहने सो अफर फेसबुकसँग विश्वव्यापी रूपमा उसको आन्तरिक प्रणालीसँग मिलाइएको हुनाले निःशुल्क संस्करणको मजा लिन ग्राहकले कुनै छुट्टै सेवा सुचारु गर्नु नपर्ने कम्पनीको भनाइ छ ।

अफरमा फेसबुकका अधिकांश फिचर निःशुल्क उपलब्ध छन् । फेसबुकमा अरूले अपलोड गरेका फोटो तथा भिडियो हेर्नका लागि भने विद्यमान डेटा शुल्क लाग्नेछ । ग्राहकले आफूले ब्राउज गरिरहेको फेसबुक पेजको माथि दायाँतिर रहेने ‘सी फोटोज’ बटन क्लिक गरी पेड संस्करणमा फोटो तथा भिडियो हेर्न सक्नेछन् । फेसबुकको फ्री संस्करणबाट पेड संस्करणमा जानुभन्दा अगावै ग्राहकलाई सूचित पनि गराइने बताइएको छ ।

Leave A Reply

Your email address will not be published.