नेपाल टेलिकमको भ्यालेन्टाइन अफर

nepal_telecom

काठमाडौं / रास– नेपाल टेलिकमले प्रणय दिवसका अवसरमा कम्पनीको जीएसएम सेवाका ग्राहकका लागि २५ मा २५० मिनेटको टक टाइम भएको नाइट भ्वाइस प्याकेज अफर ल्याएको छ । यो अफर ३ देखि १७ फागुसम्म लागू हुनेछ । यो प्याकेजको अवधि ग्राहकले लिएको मितिबाट ७ दिनसम्म रहनेछ । यो अफरअन्तर्गत लिएको प्याकेजको उपयोग राति १० बजेदेखि बिहान ६ बजेसम्म गर्न सकिने कम्पनीले बताएको छ । यो प्याकेज लिनका लागि भीडे टाइप गरी १४१५ मा एसएमएस गर्नुपर्ने व्यवस्था छ ।

यस्तैगरी कम्पनीले सोही अवसरमा हरेक जीएसएम तथा सीडीएमए प्रिपेड सिम तथा रिमको खरिदमा अर्को त्यस्तै सिम वा रिम निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको छ । दुवै सिम वा रिममा ५० रुपैयाँबराबरको टक टाइम उपलब्ध हुनेछ । यो अफर ५ फागुनसम्म कम्पनीका काउन्टरबाट मात्र उपलब्ध हुनेछ ।

Leave A Reply

Your email address will not be published.