राजनीतिकी किंगमेकर शशीकलाको जेलमा यसरी बित्यो पहिलो रात

SIGNUM:‚²çKû5f“ã8e•Æ
तमिलनाडुको राजनीतिकी किंगमेकर तथा सत्तारुढ एआईएडीएमकेकी नेतृ भीके शशीकला नटराजनले कैदीको रुपमा आफ्नो पहिलो रात बिताएकी छन् । शशीकला बैंग्लोर सेन्ट्रल जेलको महिला ब्लकमा बन्द छिन् ।

उनले आफ्ना वकिलका माध्यमबाट पहिलो स्तरको कैदीको जस्तै सुविधा दिन माग गरेपनि न्यायधीस अस्वथानारायणले खारेज गरिदिएका थिए । सर्वोच्च अदालतले शशीकला उनकी नन्द इलावरसी र उनका भतिजा भीएन सुधाकरणको आय भन्दा बढी सम्पत्ति रहेको विषयमा दोषी ठहर गर्दै ४ वर्षको जेल सजाय सुनाएको छ ।

न्यायधीस अस्वथानारायणले माग खारेज गरिदिएपछि उनका समर्थक निराश भएका छन् । उनलाई समर्थकहरुले जेलमा पनि एसीसहितको कोठा दिने अनुमान गरेका थिए, तर बैंग्लोर सेन्ट्रल जेलमा कुनै एसी कोठा नै नभएको भने उनीहरुलाई पत्ता भएन । जेलको पहिलो तलाको १० गुणा ८ आकारको एक सेला राखिएको छ । यसैमा शौचालय समेत छ । छेवैको अर्को सेलमा एक महिला कैदी छन्, जसलाई साइनाइडबाट केही महिलाको हत्याको मामलामा दोषी ठहर गरिएको हो ।

शशीकलालाई जेलमा एकमात्रै छुट नन्द इलावरसीसँगै बस्न पाउनेछिन् । दुवैलाई जेलकै तर्फबाट गलैचा, कम्बल र सिरानी दिइएको छ । अदालतको फैसलाअनुसार नै उनलाई सामान्य कैदीजस्तै सुविधा हुनेछ । शशीकलाले घरबाट गाडीमा नै कपडा लगेपनि उनलाई जेलमा बस्ने पोसाक नीलो किनारा भएको सेतो साडी उपलब्ध गराइएको छ ।

Leave A Reply

Your email address will not be published.