६४ वर्षीया महिलाले जन्माइन् जुम्ल्याहा बच्चा (भिडियोसहित)

saa

स्पेन । स्पेनमा एक महिला ६४ वर्षको उमेरमा आमा बनेकी छन् । उत्तरी स्पेनको बुरगास सहरमा बस्ने ती महिलाले जुम्ल्याहा बच्चालाई जन्म दिएकी हुन् ।

महिलाको नाम भने सार्वजनिक गरिएको छैन । उनले अमेरिकामा ‘फर्टिलिटी ट्रिटमेन्ट’ गराएकी थिइन् । अस्पतालले ६४ वर्षीय महिलाले २ वटा बच्चा जन्माएको भिडियो पोस्ट गरेको छ । उनले २०१२ मा एक बच्चीलाई जन्म दिएकी थिइन् तर उनको हेरचाह तथा लालनपालनमा समस्या भएपनि सामाजसेवीले आरक्षण दिएका थिए ।

स्पेनको पत्रिका अल पाइसको रिपोर्ट अनुसार उनले पहिलेकी बच्चीलाई समेत एक्लै छाडिदिएकी थिइन् भने ठीकसँग कपडा समेत लगाइदिएकी थिइनन् । अहिले जन्मिएका बच्चाबारे भने केही निर्णय भएको छैन । जसमा एक छोरा र एक छोरी रहेका छन् ।

अल पाइसका अनुसार स्पेनमा ६० वर्षभन्दा बढी उमेरमा अन्य २ महिलाले पनि बच्चा जन्माएका थिए । भारतमा गत वर्ष ७० वर्षकी महिला दलजिन्दर कौरले बच्चा जन्माएकी थिइन् ।

Leave A Reply

Your email address will not be published.