गृहमन्त्री निधिको पुतला दहन

जनकपुर / रास– जनकपुर विकासको माग लिएर सुरु गरिएको आमरण अनसनको १५ दिन हुँदा पनि राज्यले गम्भीरता नदेखाएको आरोप लगाउँदै स्थानीय युवाले उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको पुतला दहन गरेका छन् ।

grih-mantriko-putla-dahan

युवाहरूले पुतलासहित जनकपुरमा प्रदर्शनसमेत गरेका छन् । मन्त्री निधि विकासविरोधी भएको युवाहरूको आरोप छ । सात सूत्रीय मागसहित बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष रामकुमार शर्मा, नयाँ शक्ति नेपाल पार्टीका प्रदेश नम्बर २ का सहसंयोजक कलामुद्दीन राइन र दलित नेता मिथिलेश्वर दास आमरण अनसनमा बसेका छन् । मागहरूमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, शिक्षण अस्पताल र राजर्षि जनक विश्व विद्यालयको स्थापनाको माग गरिएको छ । त्यस्तै, जनकपुरमा ६ लेनको बाहिरी चक्रपथ निर्माण, सरकारी गुठी र मठमन्दिरको जग्गा र जानकी मन्दिर संरक्षणको लागी ट्रस्टको स्थापना गर्नुपर्ने माग अघि सारिएको छ ।

यता, संघीय समाजवादी फोरमका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले अनसन स्थलमा पुगी शर्माको आन्दोलनको समर्थन गरेका छन् । नेपाल सद्भावना पार्टीका केन्द्रीय महासचिव राजीव झाले पनि आमरण अनसनको समर्थन गरेका छन् ।

 

Leave A Reply

Your email address will not be published.