शिक्षा परिषद्मा सात मनोनीत

काठमाडौं / रासस– शिक्षा मन्त्रालयले शैक्षिक नीति परामर्शका लागि गठित राष्ट्रिय शिक्षा परिषद्लाई बिहीबार सात जना मनोनयन गरी पूर्णता दिएको छ । शिक्षा ऐनअनुसार विभिन्न निकायबाट सात सदस्य मनोनयन गरिएको हो ।

परिषद्मा कृषि वन विश्वविद्यालय चितवनका उपकुलपति आईपी ढकाल, सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति भूषण श्रेष्ठ र पोखरा विश्वविद्यालयका उपकुलपति चिरञ्जीवी शर्मा तथा सामुदायिक विद्यालय सञ्चालक समितिका अध्यक्षबाट टेकबहादुर थापा र निर्मला सुवेदी, निजी विद्यालयका तर्फबाट एनप्याब्सन उपाध्यक्ष डा. कुस्मिला आचार्य र प्याब्सन उपाध्यक्ष विजय सम्बाहाम्फे मनोनीत भएका छन् ।शिक्षामन्त्रीको अध्यक्षतामा रहेको परिषद्मा २३ सदस्यरहनेछन् ।

अभिभावक महासंघअभिभावक संघ नेपाल र नेपाल राष्ट्रिय अभिभावक संघबीच एकता गरी महासंघ गठन गर्ने सहमति भएको छ ।दुवै संघबीच वार्ता भई महासंघको विधान तयार भइसकेकाले चाँडै संयुक्त भेला गरेर तदर्थ समिति घोषणा गरिने राष्ट्रिय अभिभावक संघ अध्यक्ष धर्मदत्त देवकोटालेजानकारी दिए ।

सुप्रभात भण्डारी अध्यक्ष रहेको अभिभावक संघले महासंघमा आफ्नातर्फबाट उपाध्यक्ष सरिता अर्यालको नेतृत्वमा पदाधिकारी पठाउने भएको छ । संघको बिहीबार बसेको बैठकले सो निर्णय गरेकाले एकता प्रक्रियाले गति लिने देवकोटाले बताए ।

 

Leave A Reply

Your email address will not be published.