‘अस्पतालमै पनि धामीझा“क्री बोलाउ“छन्’

राजधानी समाचारदाता
ललितपुर, ५ फागुन

सेतो जामा, बुट्टे कमिज, घण्ट, रुद्राक्ष माला र शिरमा सेतो कपडा, मुजुरको प्वा“ख तथा दुम्सीको काँडा बेरेका अधबैंसे दक्षिण ललितपुरको दुर्गम गाविस प्युटारमा घुमिरहेका भेटिन्छन् ।

dami-jakri

प्युटार—३, देउरालीका हस्तबहादुर घले ढ्यांग्रो ठटाउँदै धामी–झाँक्रीको काम गर्छन् । भूतप्रेत भगाउने, टाउको÷जिउ दुखेको निको पार्नेदेखि स्वास्थ्य समस्या लिएर स्थानीय उनीजस्तै धामीझा“क्री धाउने गर्छन् ।‘म जो–कसैलाई डाक्टरलाई देखाउन र अस्पताल जान सुझाव दिन्छु,’ ४० वर्षदेखि धामी पेसामा आबद्ध ६३ वर्षीय घले भन्छन्, ‘२१औं शताब्दीमा झा“क्री मात्र भनेर हुँदैन ।’

त्यसो त, प्युटारमा अहिले पनि केही व्यक्ति धामीझाँक्री पेसामै आबद्ध छन् । यसमा लागेर घर व्यवहार धान्न नसकिए पनि परम्परा–संस्कृति भन्दै यसलाई जोगाउन लागिपरेका हुन्, उनीहरू । ‘ठूला रोग निको हुन्न तर सानातिना रोग र बिमारी भने निको हुने गर्छन्,’ घलेले सुनाए ।

अघिल्ला पुस्ताबाट सिकेको बताउने घलेलाई खासै कमाइ नभए पनि यही पेसा आनन्दी लाग्छ । ‘यसबाट राम्रो आम्दानी छैन, म किसानी पनि गर्छु, झा“क्रीको काम गर्दा कुनै शुल्क तोकेको पनि छैन ।’उनी हेटौंडा, पनौती, बालाजुसम्म झा“क्री काम गर्न पुग्छन् । ‘सबै जातिले बोलाउ“छन्,’ उनी भन्छन्, ‘हामी विभेद गर्दैनौं, कहिलेकाही“ त अस्पतालमै पनि धामीझा“क्री बोलाउ“छन्, स्वास्थ्य उपचारसँग धामीझा“क्री लगाउन म सुझाव दिन्छु ।’ तर, उनको पहिलो प्राथकिता भने डाक्टर नै हो । उनीसँग आँखा पल्टाउने, झाडावान्तालगायत बिरामी निको पारेको अनुभव पनि रहेछ । उनको पेसामा ११ जनाको समूह छ ।

 

Leave A Reply

Your email address will not be published.