१ हजार ४९ विद्यालय पुनर्निर्माण

काठमाडौं / रासस– सरकारले भूकम्पबाट क्षति भएका १ हजार ४९ विद्यालयको पुनर्निर्माण गरेको छ । भूकम्पबाट क्षति भएका १४ जिल्लाका भूकम्पबाट भत्किएका सात हजार ९ सय २३ विद्यालयमध्ये १ हजार ४९ विद्यालयमा पुनर्निर्माण गरिएको शिक्षा मन्त्रालयका सहसचिव एमनारायण श्रेष्ठले

जानकारी गराए ।

शिक्षा पत्रकार सञ्जालले बिहीबार आयोजना गरेको भूकम्पपछि विद्यालय पुनर्निर्माणको अवस्थाबारे अन्तक्र्रिया कार्यक्रममा उनले सरकार, विभिन्न दातृ निकाय संस्थाको सहयोगमा ती विद्यालयको पुनर्निर्माण गरिएको बताए । तीमध्ये जापानी सहयोग नियोक (जाइका)ले ६ जिल्ला र एसियाली विकास बैंक आठ जिल्ला गरी १०२ तथा विभिन्न गैरसरकारी संस्थाले ८८ विद्यालय बनाएका छन् । बाँकी सरकारी बजेटमा विद्यालय निर्माण गरिएका छन् ।

भूकम्पबाट क्षति भएका जाइकाले २८३, एसियाली विकास बैंकको सहयोगमा १ सय ७५, चीनको सहयोगमा १२ जिल्लाका १७ विद्यालय अनुदानमा बनाउने समझदारी भएको छ । यसैगरी भारतीय सहयोगमा सात जिल्लाका ७० विद्यालयमा बनाउने तयारी भइरहेको छ । सरकारको विभिन्न दातृ निकायबाट २ हजार ८ सय दुई विद्यालय बनाउने लक्ष्य रहेको छ ।

 शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले विभागले असारमसान्तसम्म ४४ जिल्लामा ४ हजार ४ सय १० कक्षाकोठा बनाउने बताए । उनले देशभरि नै २ लाख २८ हजार कक्षाकोठा बनाउन आवश्यक पर्ने भए पनि ५७ हजार ७ सय ४६ कक्षाकोठा बनाउने विभागको योजना रहेको धारणा राखे ।

 

Leave A Reply

Your email address will not be published.