उदारवादमाथि अवसरवाद र राप्रपा

उदारवादमाथि अवसरवाद र राप्रपा

badri-1

बद्रीनरसिंह केसी

पूर्वपञ्चहरूको पार्टी राप्रपाले यही फागुन ६ गतेदेखि सुरू हुन लागेको महाधिवेशन राप्रपा–नेपालसँग एकीकरण गरेपछि फेरि ‘ऐतिहासिक एकताको पहिलो महाधिवेशन’ गर्ने भएको छ । यसअघिको महाधिवेशनमा सूर्यबहादुर थापा नेतृत्वको राष्ट्रिय जनशक्ति पार्टीसँग एकीकरण गरेपछि पनि ‘एकताको महाधिवेशन’ गरेको थियो । तर, यस्तो देखिन्छ कि राप्रपा नेपालको गुरुत्वाकर्षणमा राप्रपा गएको होइन, राप्रपाको चुम्बकीय धरातलमा राप्रपा नेपाल एकीकरणका लागि पुगेको हो । राप्रपा फुटेर किन राप्रपा नेपाल हुनपुगेको थियो, अहिले कुन अनुरागले फेरि एक हुन गयो, जनस्तरमा कसैलाई थाहा छैन ।

संगठन जसको पनि हुन सक्छ । तानशाहको पनि पार्टी हुन्छ । मौरी, कमिला आदि समूहमा बस्ने प्राणी हुन् भने सलह, धमिरा, अरिंगाल, बाँदरहरू पनि समूहमै बस्ने प्राणी हुन् । तर, धमिरा र मौरीको संगठनात्मक आचरण वा गतिविधि फरक हुन्छ । आतंककारी सञ्जाल, अन्डरवल्र्ड वा डाँकाको पनि संगठन हुन्छ । कम्युनिस्टहरूको पार्टी हुन्छ र लोकतन्त्रमा विश्वास राख्ने शक्तिको पनि पार्टी हुन्छ । तर, त्यो पार्टीको जनतासापेक्ष नियत कस्तो छ, त्यसैले नै त्यस पार्टीको अल्पायु वा दीर्घायु निर्धारण गर्दछ । त्यसकारण पार्टी हुन संगठन हुनुपर्छ भन्दैमा त्यसको सामाजिकता र मानवीयता, मूल्य, मान्यता, नैतिकता र आधारभूत सिद्धान्तलाई तिलाञ्जली दिन मिल्दैन । पार्टीको सर्वोच्च नेतृत्वमा निहित संस्कार र चरित्रले नै त्यो पार्टीको सिंगो स्वरूप र राजनीतिक संस्कारको स्तर निर्धारण गर्दछ । के यस्तो कसीबाट हेर्दा राप्रपाले चयन गर्न लागेको नयाँ ‘नेतृत्व’ बाट यी सब गुणवत्ता सम्भव छ ?
लोकतन्त्र भनेको घोक्ने कुरा होइन, गरेर देखाउने कुरा हो । ‘समाजवाद’ किताबमा लेख्ने (मात्र) कुरा नभई पार्टीको सामाजिकीकरण प्रक्रियाको मार्गदर्शन हो । तर, यहाँ अचम्म छ, संविधानसभाले बनाएको संविधान नमाने वा आपूmलाई चाहिए जति मात्र माने पनि त्यही संविधानले व्यवस्था गरेको सत्तामा बस्न पाइँदो रहेछ । लोकतन्त्र पार्टीतन्त्रबाट दमित भयो भने त्यहीँबाट तानाशाहको उत्थान हुन्छ । इतिहास आफैं बोलिरहेको छ, राप्रपाको ‘सर्वसम्मत’ भनिएको नयाँ नेतृत्वले, चाहे २०४६ सालको भनौं कि २०६२÷०६३ को जनआन्दोलन भनौं, हरलोकतान्त्रिक आन्दोलनलाई सत्तामा बसेर दमन गरेको र मल्लिक आयोग र रायमाझी आयोगले जनआन्दोलनको अपराधीका रूपमा किटानीका साथ उल्लेख गरेको चरित्र बोकेको छ ।

वास्तवमा राप्रपाको उदारवादमा कमल थापा नेतृत्वको अवसरवाद हावी हुन पुगेको भन्नु अतिशयोक्ति हुँदैन । अधिवेशनपछि राप्रपाले कुन राजनीतिक पहिचान अपनाउला भन्ने कुराको अर्थ त रहन्छ । वर्तमान सरकारको संरचना र राजनीतिक लक्ष्य, संविधानको गणतन्त्र, धर्मनिरपेक्षता र संघीयतालाई संस्थागत र कानुनी रूपबाट मुलुकमा लागू गर्ने हो । यो सरकारमा सामेल भएको राप्रपा र राप्रपा नेपाल, यी एजेन्डाको कट्टर विरोधी मात्र होइन, यिनै एजेन्डाका कारणले मन्त्रिमण्डलमा संलग्न घटकहरूबीच विगतमा देशभरि मारामार चल्दै आएको थियो । ‘राष्ट्रियता, प्रजातन्त्र र उदारवाद’ को नारा दिएको अबको राप्रपामा
‘उदारवाद’ को अर्थ ‘अवसरवाद’ का रूपमा पनि बुभ्mनुपर्ने भएको छ । नैतिकतालाई राजनीतिको बाधक मानिने जमातमा अवसरवाद जल्दोबल्दो प्रचलनका रूपमा स्वीकार्ने गरिन्छ ।

राजनीतिक आदर्शको विजयी उपलब्धिका रूपमा राप्रपा नेपालले राप्रपासँग एकीकरण गर्न पुगेको देखिन्न । किनभने, एक व्यक्ति तानाशाही र अवसरवाद राप्रपा नेपालको सञ्चालन कार्यशैलीका दुईटा पांग्रा भएको विगतमा देखिएकै हो । अहिलेको राप्रपालाई तिनै पांग्रामाथि सवार गराउने कसरत जो भइरहेको छ । संविधानलाई नमान्ने र विद्रोह गर्नेहरूका आआप्mनै आग्रह र माग छन् । यसलाई मानेर सत्तामा जानेहरूका विष्मयकारी चरित्र पनि सामुन्ने आइसकेको छ । पछिल्लो स्वर राप्रपाको हो, जसले सत्तामा ठूलो भागका लागि सरकार छोड्ने धमास दिँदै छ । तुरुन्तै आप्mनो बोली फिर्ता लिइरहेको पनि छ । त्यसैले, राजनीतिक विसंगति, विकृति र विरोधाभासको मामिलामा अबको राप्रपा सबभन्दा अग्रणी हुनपुग्यो भने आश्चर्य नमाने हुन्छ । किनकि, यसमा दुइटा विपरीत चरित्र एक भएका छन् । सत्ता समीकरणको वातावरण र मौसमअनुसार जोड र तोडको राजनीतिक रूप होइन भने राजनीतिक दलको धर्म हुनुपर्छ, उसले बेलाबखतका आप्mना अवतारका लागि जनतालाई चित्त बुझाउन सक्नुपर्छ ।

‘राजासहितको प्रजातन्त्र’ र ‘हिन्दु राज्यको स्थापना’ राप्रपा नेपालले सिर्जना गरेका एजेन्डा पनि होइनन् र त्यसका लागि जनताले मत दिएको पनि होइन । जनमतले बनाएका यी एजेन्डामा राप्रपा नेपाल विगतमा पर्न पुगेर भाग्यमानी भएको हो । तर, जनताले राप्रपा नेपाललाई प्रत्यक्ष निर्वाचनमा एउटा सिट नदिए पनि समानुपातिक निर्वाचनमा २५ सिटबराबरको मतका साथ संसद्मा चौथो ठूलो हैसियत दिएको जनमतलाई त्यस पार्टीले सत्ताको सौदाबाजी गर्ने हतकण्डा बनाइदियो । त्यही हतकण्डाको पछिल्लो रूप अहिलेको एकीकरण हो । यसै सम्झौं, समानुपातिक निर्वाचनमा २५ स्थान नकमाएको भए राप्रपा नेपालको हैसियत र भाउ के हुन्थ्यो ?पार्टीहरूको सन्धि र विग्रह, एकीकरण र विभाजन मुख्य कुराका रूपमा रहेन । एकीकरण वा विभाजन सत्ताको प्रयोजनका लागि उपयोगी त भयो, तर जनजीवनमा त्यसबाट ताŒिवक अन्तर आएको देखिएन । परिवर्तनका एजेन्डाहरूले चिल्ला पात देखाउन नसकेको वर्तमान अवस्थामा यो परिवर्तन बरदानको ढोल–नगरा बजाउँदै आएको अभिशापका रूपमा स्थापित हुँदै छ ।

इतिहास आफैं बोलिरहेको छ, राप्रपाको ‘सर्वसम्मत’ भनिएको नयाँ नेतृत्वले २०४६ सालको भनौं कि २०६२÷६३ को जनआन्दोलन भनौं, हरलोकतान्त्रिक आन्दोलनलाई सत्तामा बसेर दमन गरेको र मल्लिक आयोग र रायमाझी आयोगले जनआन्दोलनको अपराधीका रूपमा किटानीका साथ उल्लेख गरेको चरित्र बोकेको छ ।

संविधानको यथार्थ रूपलाई हेर्दा पार्टीहरूले राज्य सञचालनमा आपूmलाई सत्तासँग टाँसेर राख्ने प्रशस्त ठाउँ राखेका छन् । यसबाट लोकतन्त्रभन्दा पनि पार्टीतन्त्र चल्ने सम्भावना प्रबल छ । राष्ट्रवादको नारासमेत आप्mनो स्वार्थसिद्धिका लागि भजाउने साधन भइरहेको छ । त्यसैले आज प्रत्येक नेपालीले
आप्mनो इमानदार चेतनालाई न्यायाधीश बनाएर आप्mनै अन्तःस्करणको इजलासमा यो देशको भाग्य र भविष्यको मुद्दामा बहस गर्ने बेला आएको छ । परिवर्तनको खोजी गर्दा राष्ट्रियताको जग खल्बलिरहेको छ, प्रणाली र परम्पराका पेच–किलाहरू खुकुलिइरहेका छन् । यो कटु यथार्थलाई पार्टीहरूमा देखिएका एकीकरण वा सहमतिले समेट्न नसक्नु नै नैतिक संकटको द्योतक भएको छ ।

देश आजभोलि नयाँ संविधानसँगै आइलागेका नयाँ समस्यासँग जुधिरहेको छ । राजनीतिक अस्थिरताले आम जनतामा दिनानुदिन घनीभूत हुँदै गएको कष्ट र जीवन–मरणको स्थिति खडा भएको छ । नयाँ संविधान बनेपछि केन्द्र, प्रान्त र स्थानीय तहको निर्वाचन गर्ने भन्ने सरकारी हल्ला चर्कै छ । तर, चुनाव होला भन्नेमा शंकै छ । जब संविधानले राजनीतिलाइ जनतामा जाने निर्वाचनको बाटो खोलिदिन सक्दैन र निर्वाचन निःसर्त हुन पाउँदैन, तब त्यो संविधानलाई कसरी परिवर्तनको सुनिश्चितता दिने दस्तावेज मान्ने ? त्यस्तो खेदजनक अवस्थालाई कसरी लोकतान्त्रिक गणतन्त्र भनी मान्ने ? संविधान वरदानका रूपमा आउला भनी प्रतीक्षा गर्नेहरूका लागि अभिशापका रूपमा आएको अर्थ लगाउनेहरूलाई वर्तमानका राजनीतिक गतिविधिले पुष्टि गर्ने काम गरिरहेको छ ।

परिवर्तनका एजेन्डाहरूको बुई चढेर विदेशी नियत भित्रियो । जनताको प्रजातन्त्रको बिसर्जन भयो, विदेशीको लोकतन्त्र पार्टीहरूमा खेल्न पायो । निर्देशित गणतान्त्रिक लोकतन्त्रले आप्mनो सार्वभौमिकता गुमाइसकेको यो अवस्थामा अनिष्टकारी गतिविधि हुनुबाहेक केही हुँदैन । करिबकरिब पानी बाराबारको व्यवहार अपनाउँदै आएका दुई राप्रपाबीच अनायास मेहेरवानी, एकीकरणको तत्परता र नेतृत्व चयन सर्वसम्मत तरिकाले गर्ने कुरा सहज वा स्वाभाविक होइन, बरु रहस्यमयलाग्दो छ । विगतमा पार्टी हत्याउने र पद चाहिने राप्रपाका नेताहरूबीच सर्वसम्मतिबाट नेतृत्व चयन गर्न मति सुध्र्र्रेको र चेत फिरेकोभन्दा पनि निर्देशित विचारले एकीकरण भएको देखिन्छ । उपरोक्त यथार्थको कसीमा जाँच्दा राप्रपाको यो एकीकरण सैद्धान्तिक र आदर्शवादी होइन, केवल अवसरवादी राजनीतिको एउटा रूप हो ।

यसबाट राष्ट्रिय राजनीतिमा स्वच्छता देखापर्नुको सट्टा अवसरवाद झन् खतरनाक रूपमा छाउने र ‘मुसा प्रवृत्ति’को बोलवाला बढ्ने कुरालाई इन्कार गरेर बस्न मिल्दैन । विगतमा यस्तै चरित्रको बोलवाला र द्वन्द्वको परिणामस्वरूप राप्रपा पटक–पटक फुटेर अनेक पाप्राका रूपमा रहेको थियो, फुट्ने मानसिकता यथावत् राखेर एकीकरण त भएको छ । यो एकीकरणले एकता र कहिल्यै नफुट्ने ग्यारेन्टी देखाएको छैन । शुभेच्छा छ, राप्रपा फेरि फुटेको देख्नु नपरोस् ।

Leave A Reply

Your email address will not be published.